गल्छी–६ को एमाले अध्यक्षमा नवराज रिमाल

731 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी- नेकपा एमाले गल्छी ६ नम्बर वडा कमिटीको अध्यक्षमा नवराज रिमाल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार गल्छी ६ को कुसुमडाडामा सम्पन्न भएको प्रथम वडा अधिवेशनले रिमालको अध्यक्षतामा ३१ सदसिय वडा कमिटी चयन गरेको हो । वडा कमिटीको उपाध्यक्षमा काजिमान तामाङ, सचिवमा सुदिप खतिवडा, उपसचिव राजु तामाङ र देवकि अधिकारी चयन भएका छन् ।

पार्टीको वडा अधिवेशनले सरस्वति भण्डारीको अध्यक्षतामा अनेमसंघ वडा कमिटी, सागर अधिकारीको अध्यक्षमा राष्ट्रिय युवासंघ र कृष्ण वहादुर मिजारको अध्यक्षतामा उत्पिडित जातिय मुक्ति समाज वडा कमिटीको समेत चयन गरेको छ ।

नेकपा एमाले धादिङका संस्थापक नेता, बागमति प्रदेश कमिटी सदस्य एवम जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।

अधिबेशनलाई एमाले बागमति प्रदेश कमिटिका सदस्य नरेश खतिवडा, उमा सिम्खडा, जिल्ला कमिटी सदस्य एवम गल्छी गाउँ पालिका उपाध्यक्ष राधा तिमल्सिना, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य केशव अधिकारी, पालिका कमिटीका सदस्यहरु षडानन्द खनाल, प्रेम तामाङ, हरि खतिवडा, उत्पिडित जातिय मुक्ती समाजका गल्छी अध्यक्ष याकुव विश्वकर्मा लगायतले शुभकामना व्यक्त गर्नुभयो ।