नेकपा एमाले धुनिवेशी नगर कमिटीको अध्यक्षमा रामराजा पाण्डे

1058 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धुनिबेसी – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धुनिवेशी नगरपालिका कमिटीको अध्यक्षमा रामराजा पाण्डे निर्वाचित हुनुभएको छ । शनिबार भएको नेकपा एमाले धुनिवेशी नगरपालिकाकोे प्रथम पालिका अधिवेशनले पाण्डेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

अधिवेशनले कमटीको उपाध्यक्षमा आनन्द गौतम र सचिवमा मनोज लामालाई चयन गरेको छ भने उपसचिवमा दिनेश वास्कोटा र अम्बिता अम्बिता क्षेत्री (मगर) सहित ७५ सदस्यीय कमिटीको चयन गरेको छ ।

धुनिबेसी सहित जिल्लाका ९ पालिकामा एमालेको कमिटी अधिबेशन सम्पन्न भएको छ ।त्रिपुरासुन्दरी गाउँपालिका अधिबेशनको शनिवार उदघाटन गरिएको छ भने ज्वालामुखीमा १७ गते र गल्छीमा २७ गते पालिका अधिबेशन हुने नेकपा एमाले धादिङले जनाएको छ ।