राष्ट्रिय वाणिज्य बैंकले माग्यो ८१४ नयाँ कर्मचारी

76 पटक पढिएको

प्रकाशित मिति: २०७८, १४ कार्तिक आईतवार ०९:५९

सम्पादक: धादिङ न्यूज

काठमाण्डौं  १४ कार्तिक- राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ८१४ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ ।

बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत् स्थायी पदपूर्तिका लागि  सूचना जारी गरेको हो । सूचना अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन् ।

बैंकले दुई जना वरिष्ठ प्रबन्धक मागेको छ भने ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि विज्ञापन आह्वान गरेको छ । वाणिज्य बैंकले सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक उम्मेदवारले ५ मंसिरभित्र दरखास्त दिइसक्नुपर्नेछ आइतबार गोरखापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेको छ ।

बिज्ञापन सम्वन्धि थप जानकारी लिन यहाँ जानुहोस



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १४ कार्तिक आईतवार ०९:५९ मा प्रकाशित