एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठाउँ ठाउँमा स्वागत

1125 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ। काठमाण्डौंबाट धादिङ हुंदै चितवन जानेक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धादिङका एमाले कार्यकर्ताले ठाउँ ठाउँमा रोकेर स्वागत गरेका छन् ।

ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु साहलगायतका केन्द्रीय नेताहरू रहेका छन् । सोमबार विहान काठमाडौंदेखि सडकमार्ग हुँदै चितवन जानेक्रममा अध्यक्ष ओलीलाई धादिङको महादेबवेसी, गल्छी, गजुरी लगायतका स्थानमा कार्यकर्ताहरुले रोकेर स्वागत गरेका हुन ।

ओलीको स्वागतमा पार्टीका विभिन्न्न तहका नेता कार्यकर्ता, समर्थक,शुभचिन्तकहरुको भीड लागेको थियो ।

भरतपुरको हाकिम चोकमा रहेको चितवन मिडटाउन (सिएमटी) रिसोर्टमा एमाले भरतपुर महानगर कमिटीको प्रथम अधिवेशन उद्घाटन गरेर सम्बोधन गरेपछि  केन्द्रीय महाधिवेशनको सम्पर्क कार्यालयको उद्द्घाटन तथा  केन्द्रीय महाधिवेशन हुने स्थल नारायणी नदी किनारको अवलोकन गर्ने कार्यक्रम का लागि धादिङहुंदै स्थलमार्ग बाट चितवन जानेक्रममा धादिङका कार्यकर्ताहरुले भेटेर स्वागत गरेका हुन ।  ओली १६ गते नै माडी अयोध्याधाम पुग्ने कार्यक्रम रहेको छ ।