एमालेको लेखा आयोग अध्यक्षमा धादिङका पुष्प कँडेल, सदस्यमा मिनराज कँडेल

872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय लेखा आयोगको अध्यक्षमा धादिङको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मलेखुका प्रा.डा. पुष्पराज कँडेल निर्विरोध निर्वाचित हुनुभएको छ ।

कँडेल यस अघि आठौं र नवौं राष्ट्रिय महाधिवेशबाट पनि लेखा आयोगको अध्यक्षमा निर्वाचित हुन् भएका थिए । पाँचौं महाधिवेशन (२०४७) मा केन्द्रीय लेखा आयोगको सदस्यबाट नेकपा एमालेको राष्ट्रिय राजनीतिमा प्रवेश गर्नु भएका कँडेल त्यस यता निरन्तर लेखा आयोगमै विभिन्न पदमा रहेर काम गर्दै आउनु भएको छ ।

डा.कँडेल पाँचौं र छैठौं अधिबेशनबाट आयोगको सदस्य, सातौंमा सचिव र आठौं, नवौं र दशौंबाट अध्यक्ष निर्वाचित हुनु भएको हो ।

कँडेलले केपी ओली नेतृत्वको सरकारमा ३९ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएर काम गर्नु भएको थियो ।
पाचौ महाधिवेशनमा तीन जनाबाट सूरु भएको लेखा आयोग दशौ महाधिवेशनबाट २५ सदस्यीय पुगेको छ । सो आयोगका अध्यक्ष पार्टीको स्थायी कमिटीको सदस्य र आयोगका सदस्यहरु केन्द्रीय कमिटी सदस्य सरहको मान्यतामा रहने व्यबस्था छ । आयोगको सदस्यमा धादिङ मलेखुका मिनराज कडेल सदस्यमा चयन हुनुभएको छ । मिनराज यस अघि पनि सोही पदमा हुनुहुन्थ्यो ।

दशौ महाधिवेशनमा आयोगको उपाध्यक्ष विष्णु पन्थी , सचिवमा शिव अधिकारी र सदस्यहरुमा क्रमशः इश्वरी प्रसाद खरेल, कोमल भट्टराई, खटक बहादुर ९पिबी० गोले, खम्ब बहादुर खत्री, घनेन्द्रराज घिमिरे, धन बहादुर विश्वकर्मा, भिमलाल पौडेल, मस्त बहादुर गरन्जा, मिनराज कडेँल, राजकिशोर यादव, रेवतीरमण शर्मा, शंकर बहादुर कार्की खुल्लतर्फ निर्विरोध निर्वाचित हुनुभएको छ ।

त्यस्तै महिला तर्फ कल्पना लिम्वु, जसमाया गजमेर, पद्धमा जिसी श्रेष्ठ, बसुन्धरा रोकाय, मालती कुमारी लिम्बु, विजया धिताल, विमला केसी, शान्ति पाख्रिन र सावित्री विश्वकर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।