ओमिक्रोन भाइरस नेपालमा पनि देखियो

1067 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

२०७८ मंसिर २०

नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा यसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ।

मन्त्रालयले परीक्षणका क्रममा गत आइतबार दुईजनामा संक्रमण पुष्टि भएको जनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दक्षिण अफ्रिकाबाट आएका दुईजनामा संक्रमण पुष्टि भएको बताए। जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक व्यक्ति रहेका छन्। साथै उनीसँग सम्पर्कमा आएका अन्य ६६ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको बताइएको छ।

  •  हेल्थपोस्ट नेपालबाट