हुवासिन सिमेन्ट उद्योगमा जोडियो २० मेगावाट बिजुली

839 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङको ताल्तीमा निर्माणधिन हुवासिन सिमेन्ट उद्योगमा २० मेगावाट विद्युत जडान भएको छ । मर्स्याङ्दी–स्यूचाटार १३२ के.भी. प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ को स्वीचिङ स्टेसनबाट उद्योगमा २० मेगावट बिजुली जडान गरिएको हो ।

उद्योगकका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार अब उद्योगले परीक्षण उत्पादन सुरु गर्नेछ । ३ सातापछि उद्योगले परीक्षण उत्पादन थाल्नेछ । परीक्षण उत्पादन गरेको २ महिनाभित्रै गुणस्तर परीक्षण सकेर व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य उद्योगको छ ।

सोमबार बिहान ७ बजेबाट धादिङको सिद्धलेक गाउँपालिका ६ मा रहेको स्वीचिङ स्टेशनबाट उद्योगसम्मको प्रशारण लाइनमा विद्युत प्रवाह भएको हो ।

धादिङको ताल्तीमा निर्माण भईरहेको हुवासिन सिमेन्ट उद्योगले बिजुली लैजान स्वीचिङ स्टेसन र कारखानासम्म करिब १४ किलोमिटर प्रसारण लाइन बनाएको थियो ।उद्योगले कारखाना परिसरमा १३२.१० के.भी.को सबस्टेसन पनि बनाएको छ ।