प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना

769 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सानुबाबु तिमिल्सिना सर्वसम्मत चयन हुनु भएको छ । प्रेस चौतारी नेपाल धादिङको शुक्रवार धादिङबेसीमा सम्पन्न नवौं जिल्ला अधिबेशनले १७ सदस्यिय जिल्ला कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएको अधिबेशनले जिल्ला कार्य समितिको उपाध्यक्षमा श्रीहजुर सिलवाल र पवित्रा थापा मगर, सचिवमा दोलख बहादुर गुरुङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी ,सह सचिवमा भुवन भण्डारी र अनिल नेपाली नयन हुनु भएको छ ।
त्यसै गरी अधिबेशनबाट कार्य समितिको सदस्यहरुमा , शसिहजुर सिलवाल, रेखबहादुर गुरुङ, गोविन्द सुवेदी, विरमान तामाङ, आदेश अधिकारी, रन्जना थापा, विनोद तमु, राजन शाह र नवराज लामिछाने लाई चयन गरेको छ।

अधिबेशनलाई नेकपा एमालेका केन्द्रिय लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कँडेल, एमालेका केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, कोषाध्यक्ष इन्द्र आचार्यले सम्वोधन गर्दै शुुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा प्रेस चौतारीका केन्द्रिय सदस्य रामेश्वर कार्की, एमाले धादिङका अध्यक्ष भूमी त्रिपाठी, प्रेस युनियनका केन्द्रिय सदस्य डाक्टर मुरारी अधिकारी , नेकपा एमाले धादिङका प्रचार भिाग प्रमुख राधिका सापकोटा, जनप्रतिनिधिहरुको तर्फबाट नेत्रावती डवजोङ गाउँपालिका अध्यक्ष दुर्गनारायण शाक्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कृयाशिल पत्रकारिता पुरस्कार बितरण
प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले आफ्नो नवौं जिल्ला अधिबेशनको अवसर पारेर संस्थाल स्थपाना गरेको कृयाशिल पत्रकारिता पुरस्कारबाट ३ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।
हरेक बर्ष प्रदान गरिने गरिएको उक्त पुरस्कार यस अघि तीन बर्ष बितरण हुन नसकेकोमा संस्थाले अधिबेशनको अवसर पारेर लामो समयदेखि धादिङ जिल्लालाई कार्य क्षेत्र वनाई पत्रकारिता गर्दै आईरहेका पत्रकारहरु सानुबाबु तिमिल्सिना, शंकर श्रेष्ठ र सरिता श्रेष्ठलाई प्रदान गरेको हो ।

 

एमाले केन्द्रिय केन्द्रिय नेत्तृत्व सम्मानित


नेकपा एमालेको दशौं महाधिबेशनबाट केन्द्रिय नेत्तृत्वमा पुग्न सफल धादिङ जिल्लाका चार जना नेतालाई प्रेस चौतारी धादिङले अधिबेशनको अवसर पारेर सम्मान गरेको छ । यसरी सम्मानित हुनेहरुमा एमालेका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र पाण्डे, केन्द्रिय लेखा आयोगका अध्यक्ष प्राडा पुष्प कँडेल, केन्दिय सदस्य खेमप्रसाद लोहनी ,जानुका सिम्खडा र केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेललाई सम्मान गरिएको हो ।

प्रेस चौतारीका केन्द्रिय सदस्यहरु सम्मानित
धादिङ जिल्लाबाट प्रेस चौतारी नेपालको केन्द्रिय समितिमा प्रतिनिधित्व गर्ने केशव अधिकारी, रामेश्वर कार्की,गायत्री खतिवडा र सीताराम अधिकारीलाई जिल्ला अधिबेशनको अवसरमा सम्मान गरिएको हो ।