पुस १५ गते तमु ल्होसार, सार्वजनिक बिदा

985 पटक पढिएको

१४ पुष २०७८, बुधबार २०:०६ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं – तमु ल्होसारका अवसरमा पुस १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ।मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा बुधबार साँझ प्रकाशित सूचनामा जनाइएको छ।

तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयद्धारा प्रकाशित सूचनामा जनाइएको छ।

तमु ९गुरुङ० समुदायले प्रत्येक वर्ष पुस १५ गतेका दिन ल्होसार अर्थात् नयाँ वर्ष मनाउने गर्दछ। गृह मन्त्रालयको आधिकारिक सूचना प्रकाशित हुनुअघि सामाजिक सञ्जालमा किर्ते गरी बनाईएको नक्कली सूचनालाई धेरैले आधिकारिक भएको ठानेका थिए ।