आदमटारका विद्यार्थीहरु पढ्दै आम्दानी गर्दै

973 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

आदमटार ( धादिङ) – बिद्यालयमा दिनभर पढ्ने बिद्यार्थीले पढाईसंगै बिद्यालय परिसरबाटै छुट्टै कमाई पनि गरिरहेको छ भन्ने सुन्दा आश्चर्य लाग्न पनि सक्छ । विहान १० वजे बिद्यालयमा प्रवेश गरेर दिउँसो ४ वजे पढाई सकेर घर फर्कने बिद्यार्थीले पढाईसंगै कसरी अतिरिक्त कमाई गर्न सक्छ भन्न्ने प्रश्न पनि उठ्न सक्छ ।

आश्चर्य लाग्नु पर्ने गरि धादिङको एक माध्यमिक बिद्यालयका केही बिद्यार्थीले पढाईसंगै आम्दानी पनि गरिरहेका छन् । बिद्यालय तहमा प्राविधिक धारको पढाई सञ्चालन हुन थालेपछि पढ्ने बिद्यार्थी र पढाउने शिक्षकमा समेत नयाँ जोश जाँगर देखिन थालेको छ । यहि जोश जाँगरले बिद्यार्थीले कमाई पनि गर्न थालेका छन् । धादिङका विभिन्न बिद्यालयले फरक फरक बिषयको प्राविधिक धारको पढाई सञ्चालन गरी स्थानीय स्तरमै दक्ष प्राविधिक उत्पादनमा टेवा पु¥याउँदै आईरहेका छन् ।


बिद्यालयको माद्यामिकःतहमा ऐच्छिक रुपमा प्राविधिक बिषय सञ्चालन गर्न दिएसंग अहिले विभिन्न बिद्यालयमा ९ कक्षाबाट नै प्राविधिक विषयको पढाई भइरहेको छ । यसै क्रममा धादिङ जिल्ला सिद्धलेक गाँउपालिका वडा नं. ७ आदमटार स्थित सत्यवती माद्यामिक विद्यालयमा वाली विज्ञान विषयमा पढाई भईरहेको छ । शैक्षिक सत्र २०७६ मा कक्षा नौमा वाली विज्ञान विषयमा भर्ना भएका विद्याथी अहिले कक्षा ११ मा पढ्दै छन् । वाली विज्ञान विषयमा पढाई शुरु भएपछि विद्याथीहरुको आर्कषण त्यस तर्फ बढेको कक्षा ११ मा अध्ययनरत सविन मिजारले बताउँछन् । हाम्रो विद्यालयमा वाली विज्ञान पढाई शुरु भएपछि उच्च शिक्षा पढ्न नसकेर जागिर नपाउने अबस्था आए पनि व्यवसायिक कृषिलाई चाहिने प्राविधिक ज्ञान लिन सकिने विश्वास बिद्यार्थीहरुमा मिजारले बताए ।

वाली विज्ञानका सवै विद्यार्थीहरुलाई अनिवार्य प्रयोगात्मक गराउने भएकाले सैद्धान्तिकसंगै व्यावहारिक ज्ञान सिक्न पाएको विद्यार्थीहरुको भनाई छ । कक्षा ९, १० र ११ का विद्यार्थीहरुले चार सय पोका च्याउ झुन्ड्याएकाछन् । विउ राखेको २१ दिनबाट च्याउ विक्री गर्न शुरु गरेका विद्यार्थीहरुले हालसम्म चार सय केजी विक्री गरिसकेकाछन् । उनीहरुले उपभोक्ताको विश्वास जित्न र आर्कषणका लागि मात्र नभई च्याउको सुरक्षित विक्रीका लगि प्याकेटिङ तथा लेवलिङ गरेकाछन् । फामबाट प्रति केजी दुई सय पचासमा लिएको च्याउ दुई सय असीदेखि तीन सय तीससम्ममा विक्री गरिरहेकाछन् । फामबाट लिएको मूल्य भन्दा बढी मूल्यमा विक्री गर्दा आएको नाफा विक्रेता विद्यार्थीले नै पाउने हुदाँ उनीहरुको कमाउने बानीको पनि विकास भएको प्रशिक्षक अशोक आर्यायले बताए । आचाएयका अनुसार पचास हजार लगानी भएको छ । अहिलेको जस्तै उत्पादन भईरहे एक हजार पाँच सय केजी उत्पादन हुने अनुमान गरिएको छ । करिव तीन लाख आम्दानी हुन्छ होला । लागत मूल्य कटाएर विद्यार्थीलाई प्रोत्सान स्वरुप दिने योजना रहेको प्रशिक्षक आचार्यले बताए ।

कक्षा ९ मा कम्प्युटर, कृषि प्रसार तथा सामुदायिक विकास, विली विकास, फलफूल खेती प्रविधि, वाली संरक्षण र माटो विज्ञान सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुन्छ । कक्षा १० मा कृषि अर्थशात्र, माछा खेती प्रविधि, तरकारी खेती प्रविधि, फलफूल खेती तथा नर्सरी व्यवस्थापन, मैरी, रेशम तथा च्याउ खेती, खाद्यन्नवाली उत्पादन प्रविधिको सैद्धान्तिक तथा प्रयोगात्मक कक्षा हुन्छ । यसका अलवा नेपाली, अग्रेजी र विज्ञान विषय अनिर्वाय पढाई हुने प्रशिक्षक आचार्यले बताए । कक्षा ११ मा फूल खेती, माटो विज्ञान, कृषि औजार तथा वीउ प्रविधि र किरा विज्ञान पढाई हने छ । हावापानी सुहाउदो विषयमा प्रयोगात्मक कक्षा र हावापानी नमिल्ने विषयमा अवलोक भ्रमण गराएर व्यवहारिक ज्ञान दिने गरिएको छ । कृषि विज्ञान अग्रेजी माध्यममा पढाई हुने भएकाले विद्यार्थीहरुलाई बुझ्न अफ्ट्यारो भएको छ । नेपाली माध्यमा नै पढाई हुने हो भने विद्यार्थीहरु अहिलेको भन्दा निकै सिकाई उपलव्धि हुने थियो प्रशिक्षक आर्चायको भनाई छ ।

विद्यालयको सेवा क्षेत्र विगत ५० वर्षदेखि तरकारी खेती पकेट क्षेत्र भएकोले र विद्यालय सेवा क्षेत्रका अभिभावकसंग गरेको सर्भेक्षण कृषि विषय पढाउन सुझाव आएकाले प्राविधिक घारमा वाली विज्ञान रोजेको प्रधानाध्यपक लक्ष्मण शर्माले बताए । विद्यालयका सेवा क्षेत्रका अभिभावकहरु विगत देखि तरकारी खेती गरेर काठमाण्डौ लगायतका शहरमा मौषमी तथा बेमौषमी तरकारी खेती गरेर जीविकोर्पाजन गर्दै आएकाछन् । उनीहरुका छोराछोरीलाई कृषि प्राविधिक बनाउनु विद्यालयको कतव्र्य पनि भएको प्रधानाध्यपक शर्भाले बताए ।

– राजेन्द्रकुमार बस्नेतको सहयोगमा