नेपाल निजामति कर्मचारी संगठन धादिङको अध्यक्षमा दुवाडी चयन

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – नेपाल निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला अधिबेशन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङको तेश्रो अधिबेशन, स्वास्थ्य प्राविधिक संघ धादिङको पाँचौं अधिबेशन र राष्ट्रसेवक बहुउद्धेश्यिय सहकारी संस्थाको १५ औं बार्षिक साधारण सभा शनिवार धादिङबेसीमा संयुक्त रुपमा सम्पन्न भएको छ ।

 

निजामती कर्मचारी संगठन धादिङको ११ औं जिल्ला अधिबेशन बाट संगठनको अध्यक्षमा बिरवहादुर दुवाडी चयन हुनु भएको छ ।  जिल्ला अधिवेशनले दुवाडीको अध्यक्षतामा आगामी ३ वर्षका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

 

कार्यसमितिको उपाध्यक्षमा डालदेवी धरेल र प्रेमनाथ सापकोटा सचिवमा मिलन बराईली, सह सचिवमा माधव बुर्लाकोटी र कोषाध्यक्षमा रामकुमार श्रेष्ठ चयन हुनु भएको छ । अधिवेशनले भेगबहादुर क्षत्री र मिना अधिकारी लाई केन्द्रिय प्रतिनिधि चयन गरेको छ ।
संगठनका अध्यक्ष कृष्णलाल उप्रेतीको अध्यक्षतामा भएको अधिबेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संघीय सांसद खेमप्रसाद लोहनी, वागमती प्रदेश कमिटीका सदस्य तथा प्रदेश सभा सांसद डाक्टर रामकुमार अधिकारी, निजामती कर्मचारी संगठनका केन्द्रिय सचिवालय सदस्य अम्विका धमलाका साथै केन्द्रिय सदस्यहरु वामदेव वली र लक्ष्मी भुसाल स्वास्थ्य कर्मी संघका केन्द्रिय सदस्य रामहरी ढकाल, हिमालय तिवारी, स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सदस्य तोयनाथ दुवाडी, निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन धादिङका अध्यक्ष रामचन्द्र इटनी लगायतको आतिथ्य रहेको थियो ।

 

त्यस्तै राष्ट्रिय स्वास्थ्यकर्मी संघ धादिङको तेश्रो अधिबेशनले बोधप्रसाद नेपालको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा योराम तामाङ र संगिता पाख्रिन, सचिवमा भोजराज रेग्मी, सह सचिवमा डालदेवी धरेल र कोषाध्यक्षमा सूर्यमान कुमाल चयन हुनुभएको छ ।

अधिबेशनबाट कार्य समितिको सदस्यहरुमा चाँदनी घले,प्रकाश नेपाली, समिर तामाङ, सरला कार्की र सन्जोग थापा चयन हुनु भएको छ । यसै गरी स्वास्थ्य प्राविधिक संघ धादिङको अधिबेशनले मिलन बराईलीको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ , सुन्दरी गिदेल मगर र शिवप्रसाद पौडेल, सचिवमा निरवहादुर तामाङ, सह सचिवमा सञ्चिता घले,कोषाध्यक्षमा सरिता गुरुङ र सदस्यहरुमा शिसिर रायमाझी, पद्मकुमारी श्रेष्ठ,योराम तामाङ,अरुण तामाङ र यदकुमार रेग्मी चयन हुनु भएको छ । राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था लिं को १५ औं  वार्षिक साधारण सभा शनिबारनै सम्पन्न भएको छ ।