माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङका सात जना

892 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिमा धादिङ जिल्लाबाट सात जना पुगेका छ्न ।

काठ्माण्डौमा सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनबाट पुष्पबिक्रम मल्ल, शालिकराम जमरकट्टेल , कल्पना धमला,ओमनाथ ढुंगाना, दिपा सिम्खडा केन्द्रीय समितिको सदस्यमा चयन भएका हुन । केन्द्रिय समितिमा पुग्ने  दिपा सिम्खडा नयाँ अनुहार हुन । यसैगरी पार्टीको केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा पुनः बिष्णुपुकार श्रेष्ठलाई जिम्मेवारी दिईएको छ भने अर्का पुराना नेता मोहन कार्किलाई अनुशासन आयोगको सदस्यमा राखिएको छ । माओवादीका पुराना नेता रामबहादुर भण्डारी यस पटक पनि केन्द्रीय समितिमा नपरेकोमा पार्टीका नेता कार्यकर्ताले तिब्र असन्तुष्टि र बिरोध जनाएका छ्न ।