एमाले धादिङको आठौं अधिबेशन पौष २३ गते कुल ६४६ जना अधिबेशनको प्रतिनिधी रहने

972 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमाले धादिङले यहि पौष २३ गते गर्ने आठौं जिल्ला अधिवेशनको तयारी तिव्र पारेको छ । एमालेले जिल्ला कमिटिको १२ औं वैठकबाट पौष २३ गते आठौं जिल्ला अधिवेशन गर्ने निर्णय गरेको थियो । जिल्ला अधिवेशन लाई सफल बनाउन विभिन्न कार्य तालिकाहरु समेत सार्वजनिक गरेको छ ।

प्रतिनिधि चयनका लागि खुल्ला प्रतिनिधिका लागि २५ जना बराबर १ जना तथा दलित प्रतिनिधिका लागि २० जना बराबर १ जना कायम गरिएको छ भने महिलाको हकमा सम्पूर्ण प्रतिनिधिबाट ३३ प्रतिशत हुने गरी १३ वटा पालिका कमिटीबाट खुल्ला, दलित र महिला समेत गरी ५४५ जना, आयोजकबाट ५० जना,सल्लाहकारबाट १५ जना र जनवर्गिय संगठनहरुबाट ३६ जना समेत गरी कुल ६४६ जना अधिबेशनको प्रतिनिधी रहने अध्यक्ष भूमी त्रिपाठीले जानकारी दिनुभयो । पालिकाबाट धुनीबेसीबाट २६, थाक्रे ६७,गल्छी ३८,गजुरी ५०,बेनीघाट रोराङ ३५,सिद्धलेक ५७,त्रिपुरासुन्दरी ३८,गंगाजमुना ७२,  खनियाबास ११ , नेत्रावती डवजोङ १४ , रुबीभ्याली ३,  ज्वालामुखी ८३ र नीलकण्ठ बाट ५१ जना  प्रतिनीधि  चयन भएका छन् । जिलला अधिबेशनको कार्य तालिका अनुसार १३ वटै पालिका कमिटी र जनवर्गिय संगठनबाट प्रतिनिधि चयन गर्ने कार्य सम्पन्न भईसकेको वताईएको छ ।

वैठकले भूमी त्रिपाठीको संयोजकत्वमा राजनैतिक तथा सांगठनिक प्रतिवेदन लेखन उप समिति, देवप्रसाद त्रिपाठीको संयोजकत्वमा आर्थिक प्रतिवेदन लेखन उप समिति,अर्जुन श्रेष्ठको संयोजकत्वमा प्रतिनिधि ब्यवस्थापन, स्वयंसेवक परिचालन तथा मञ्च व्यवस्थापन उप समिति गठन गरेको छ ।

त्यसैगरी उपेन्द्रनरसिंह अधिकारीको संयोजकत्वमा निर्वाचन उप समिति र राधिका सापकोटाको संयोजकत्वमा प्रचार प्रसार उप समिति गठन गरि कामको जिम्मेवारी दिएको छ । उप समितिहरुले आ–आफ्नो तोकिएको जिम्मेवारी अनुसार काम गरिरहेको वताईएको छ ।
जिल्ला अधिबेशन मदन आश्रित स्मृति भवन धादिङबेसीमा हुनेछ ।अधिबेशनबाट १०५ सदस्यिय जिल्ला कमिटीको चयन हुनेछ ।