एमाले धादिङको पदाधिकारीमा क -कस्को प¥यो उम्मेदवारी

829 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नेकपा एमाले धादिङको नयाँ नेतृत्व चयनका लागि भएको आठौं जिल्ला अधिबेशनबाट अध्यक्ष पदमा भूमी त्रिपाठी सर्वसम्मतबाट चयन भएपनि अन्य पदाधिकारी र सदस्यहरुका लागि भने सहमतीको प्रयास जारी रहेको छ । सहमतीबाट पदाधिकारी र सदस्यको टुंगो लगाउन नेत्तृत्वले पहल गरिरहेको नेकपा एमालेका नेताहरुले बताएका छन् ।
पदाधिकारी तर्फ उपाध्यक्ष पदमा एक जनाका लागि ३ जना, सचिव १ जनाका लागि २ जना,उपसचिव २ जनाका लागि १२ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन समितिले आईतबार विहान ९ वजे निर्वाचन सम्वन्धि कार्यक्रम शुरु हुने जानकारी दिएपनि रातभरीमा पदाधिकारी तर्फ सहमती हुन सक्ने देखिएको छ ।

कुन कुन पदमा क कस्को प¥यो उम्मेदवारी
अध्यक्ष –१
भूमी त्रिपाठी (निर्विरोध)

उपाध्यक्ष –१
१। गंगादेवी श्रेष्ठ
२) उमेश कुमार थापा
३) धनबहादुर घले

सचिव–१
१)अर्जुन कुमार श्रेष्ठ गोर्खाली
२) हरिराम लोहनी

उपसचिव –२
१) अमरसिंह अधिकारी
२) गोकर्ण रुपाखेती
३) अम्बिका रुपाखेती
४) रामकुमार आचार्य
५) नेत्रप्रसाद नेपाल
६) पदम सिलवाल
७) गोकुलप्रसाद पौडेल
८) हेम थापा तामाङ
९) कृष्णबहादुर लामा
१०) नरेश खतिवडा
११)प्रेमनाथ सिलवाल
१२) राधिका सापकोटा