गल्छीबाट गाँजा सहित दुई जना पक्राऊ

596 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

माघ ३, धादिङ । धादिङको गल्छी ७ गल्छी बजारबाट सात किलो सय ग्राम लागु औषध गाँजा सहित २ जना पक्राउ परेका छन् । विशेष सुचनाको आधारमा गल्छि चोकबाट नुवाकोट तर्फ जादै गरेका १ महिला १ पुरुषलाई मोटरसाईकल सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गल्छी ५ रैले बस्ने वर्ष ३२ को विनोद तामाङ र छहरा बस्ने वर्ष २२ की सिता रोक्का रहेका छन् । उक्त लागु औषध गाजा, प्रयोग भएको मोटरसाईकल समेत बरामद गरी निजहरुलाई पक्राउ गरी धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जानकारी ईलाका प्रहरी कार्यालय गजुरीले दिएको छ ।

 

नागरिकपाटीबाट