निर्वाचन घोषणा संगै मतदाता नामावली संकलन बन्द

813 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२४ माघ । सरकारले २०७९ साल बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति तोकेपछि निर्वाचन आयोगले मतदाता नामावली संकलन कार्य रोकेको छ । स्थानीय तहको निर्वाचन हुने समय नजिकिएसँगै आयोगले पछिल्लो समय मतदाता नामावली संकलन कार्यलाई तीव्रता दिएको थियो । त्यस क्रममा जिल्ला जिल्लामा दिनहुँ मतदाता नामावली संकलन गर्ने कार्य भएको थियो ।

मतखाता नामावली संकलन कार्य स्थगित गरेसंगै निर्वाचन आयोगले देशभरका कार्यालयहरूबाट मतदाता नामावलीको यथेष्ट विवरण आयोगको केन्द्रिय कार्यालयमा पठाउन जिल्ला स्थित कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।

आयोगले माघ २४ गते शुक्रवार सम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको जनाएको छ । निर्वाचन आयोगका अनुसार यो प्रारम्भिक तथ्यांक हो । पछिल्लो समय करिब १५ लाख मतदाता थपिएको आयोगको अनुमान छ ।