ढुंगाले जेसिभि पुरिँदा चालककाे मृत्यु
506 पटक पढिएको

धादिङ, ३ फागुन : धादिङको गंगाजमुना गाउँपालिका वडा नं ५ मझुवाबेशीस्थित मरौटीबाट मझुवाबेशी जाने सडकको नयाँ ट्रयाक खन्ने क्रममा ठुला ठुला ढुङ्गाहरू खसेर जेसिभि पुरिँदा चालकको ज्यान गएको छ ।
मंगलबार दिउँसो भएको सो दुर्घटना मा परि ज्यान गुमाउनेमा जेसीभिका चालक सर्लाही जिल्ला निवासी ३६ वर्षीय रोशन कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
चौधरीको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी घटनास्थलमा पुगि शव जिल्ला अस्पताल धादिङ पठाईएको लगिएकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताउनुभयाे
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय फुलखर्कबाट खटिएको प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७८, ३ फाल्गुन मंगलवार २०:५४ मा प्रकाशित