धादिङबाट रेडियो सौर्य संचालन हुदैं रेडियोको आधिकारिक लोगो सार्वजनिक

767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट सामुदायिक रेडियो सौर्य संचालन हुने भएको छ ।
धुनिबेसी सामुदायिक कृषि संचार केन्द्रले सदरमुकामबाट सामुदायिक रेडियो सौर्य १०५ मेगाहर्ज संचालनमा ल्याउन लागेको संस्थाका अध्यक्ष राधिका सापकोटाले जानकारी दिनुभयो ।
अध्यक्ष सापकोटाका अनुसार थोरै प्राविधिक कामहरु बाँकी रहेकोले तत्कालै प्राविधिक कामहरु सम्पन्न गरेर जतिसक्दो छिटो रेडियो संचालनमा ल्याउने तयारी भईरहेको छ । रेडियो सौर्यको स्टेशन धादिङबेसी पुछारवजार मुलचोकबाट भित्र गणेशमार्गमा रहने भएको छ । २०६४ साल फागुन २२ गते सूचना तथा संचार मन्त्रालयबाट प्रसारण अनुमति पाएको कृषि रेडियो १०५ मेगाहर्जलाई आवश्यक प्रकृया पुरा गरी रेडियो सौर्य बनाईएको हो ।

यसै बिच रेडियोको आधिकारिक लोगो मंगलबार सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको छ । रेडियोले यस अघि प्रारम्भिक लोगो प्रयोग गर्दै आएकोमा आधिकारिक लोगो तयार पारि सार्वजनिक गरिएको रेडियो सौर्यको फेसबुक वालमा उल्लेख गरिएको छ । धादिङ जिल्लाबाट रेडियो सौर्य सहित ११ वटा एफएमले प्रसारणको अनुमति पाएका छन् ।