धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

934 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।

 धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ । मुख्य निर्वाचन अधिकृत ज्ञवाली जिल्ला अदालत धादिङका न्यायधिश हुन । धुनिबेशी नगरपालिकाको निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत राजकुमार आचार्यलाई जिम्मेवारी दिईएको छ । खनियाबास गाउँपालिकामा राष्ट्रिय योजना आयोगका उप सचिव गोकुल खड्का, गंगाजमुना गाउँपालिकामा जिल्ला मालपोत कार्यालय धादिङका मुख्य मालपोत अधिकृत रामकृष्ण तामाङ, गजुरी गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका उप सचिव चक्रपाणि शर्मा तथा गल्छी गाउँपालिकामा बागमती प्रदेश समाजिक विकास मन्त्रालयका अधिकृत दशौं तहका दिपेन्द्र सुवेदी निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यसै गरि ज्वालामुखी गाउँपालिकामा सम्पति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकका उप सचिव हिरामणि सुवेदी,  त्रिपुरासुन्दरी गाउँपालिकामा सम्पति शुद्धिकरण अनुसन्धान विभाग पुल्चोकका उप न्यायधिबक्ता गोपाल लामिछाने, थाँक्रे गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उप सचिव महेन्द्र प्रसाद साखी,नेत्रावती गाउँपालिकामा बैदेशिक रोजगार न्यायधिकरणका रजिष्ट्रार आनन्दराज पन्त, बेनीघाट रोराङ गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय पोखराका उप न्यायधिबक्ता खेमराज पाठक, रुबीभ्याली गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत भीमप्रसाद सुवेदी र सिद्धलेक गाउँपालिकामा धादिङ जिल्ला अदालतका श्रेष्तेदार खुमप्रसाद भण्डारी निर्वाचन अधिकृतका रुपमा तोकिएका छन् ।