धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

562 पटक पढिएको

प्रकाशित मिति: २०७८, १४ चैत्र सोमबार ०९:३७

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ, १४ चैत – आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो ।

धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका छ्न ।   स्थानीय तहको निर्बाचनमा कायम भएका मतदाता मध्ये २०७९ बैशाख २९ गते १८ बर्ष पूरा भएका ब्यक्तिले मतदान गर्न पाउने आयोगले जनाएको छ ।

धादिङमा सबैभन्दा धेरै मतदाता नीलकण्ठ नगरपालिकामा ४४ हजार १११, दोश्रोमा थाक्रे २७,१३९ तेस्रो धुनिबेसी २५,७०१,चौथो ज्वालामुखी २१,६५७, पाँचौं बेनिघाट २१०५५,छैटौं गल्छी २०६५२, सातौं सिद्धलेख २०४०८, आठौं त्रिपूरासुन्दरी २०२०२ रहेका छ्न ।

यसैगरी जिल्लाभरमा नवौं मतदाता गजुरीमा १८,६११, दसौं गङ्गाजमुना १८,२७५,एघारौंमा नेत्रावती ११,७९९ बाह्रौंमा खनियावास ९७२९ र सबैभन्दा थोरै मतदाता रुबिभ्यालीमा ८९५३ जना रहेका छ्न ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७८, १४ चैत्र सोमबार ०९:३७ मा प्रकाशित