हुवासिनको पीपीसी सिमेन्ट बजारमा बिक्री शुरु

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – धादिङको ताल्तीमा रहेको हुवासिन सिमेन्टले आफ्नो पहिलो उत्पादन पीपीसी सिमेन्टको बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबारबाट पीपीसी सिमेन्टको बिक्री सुरु गरेको हो।

कम्पनीलाई नेपाल नापतौल तथा गुणस्तर विभागले चरण १ अन्तर्गत परीक्षण बिक्री सुरु गर्न अनुमति दिएको हो । यो चरणमा पास भएर पुनस् दोस्रो चरणमा प्रवेश गर्नेछ।
परीक्षण बिक्रीको दोस्रो चरण पनि पास भएमा मात्रै नेपाल गुणस्तर चिन्ह प्राप्त गर्नेछ । शुक्रबारबाट बजारमा बिक्री सुरु गरिएको कम्पनीका नेपाली साझेदार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले बताउनुभयो । बैद्यका अनुसार हुवासिन सिमेन्टको मूल्य अन्य सिमेन्ट कम्पनीको भन्दा कम हुनेछ । कम्पनी मूल्य पीपीसी सिमेन्टमा ५० किलोको प्रतिबोरा ५ सय ३० रुपैंया राखेको कम्पनीले जनाएको छ।