जिल्लाका १२ पालिकामा प्रमुख र उपप्रमुखमा सत्तापक्षिय गठवन्धनको भागवण्डा

605 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

निकै लामो रस्साकस्सी पछि सत्तापक्षिय गठवन्धन दलहरुले धादिङमा पालिका प्रमुख र उपप्रमुखमा भागबण्डा मिलाएका छन । गठवन्धन दलमध्ये धादिङमा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले जिल्लाका १३ मध्ये १२ पालिकामा प्रमुख र उपप्रमुखमा भागवण्डा गरेका हुन । नेकपा एमालेको बलियो गढ मानिएको थांक्रेमा भने गठवन्धनले कुनै निर्णय गर्न सकेको छैन ।
जिल्ला तहबाट निर्णय हसन नसकेपछि तीन वटै दलको प्रदेश समितिले भागबण्डामा संयुक्त हस्ताक्षर गरेर नेपाली काँग्रेसलाई ६ प्रमुख ३ उपप्रमुख, माओवादी केन्द्रलाई ३ प्रमुख ४ उपप्रमुख एकीकृत समाजवादीलाई २ पालिकाको प्रमुख र ३ उपप्रमुख दिने सहमती गरेको हो ।
नेपाली काँग्रेसले प्रमुख पाएको पालिकाहरुमा नीलकण्ठ नगरपालिका, खनियावास, गंगाजमुना, ज्वालामुखी, त्रिपुरासुन्दरी र नेत्रावती डवजोङ गाउँपालिका रहेका छन । माओवादी केन्द्रले गजुरी, वेनिघाट र रुवीभ्यालीमा प्रमुख पाएको छ भने नीलकण्ठ नगरपालिका,खनियावास, गजुरी, त्रिपु्रासुन्दरी गाउँपालिकामा उपप्रमुखको टिकट पाएको छ ।
गठवन्धनको प्रदेश समितिले थांक्रे गाउँपालिका पाँच दलिय गठवन्धनको जिल्ला स्तरीय संयन्त्रले समन्वय गरी टुङग्याउने भनेको छ भने जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस प्रमुख र नेकपा एकीकृत समाजवादीलाई उपप्रमुखको भागवण्डा समेत गरेको छ । निकै दिन देखि गठवन्धनको जिल्ला संयन्त्रले उम्मेदवार उठाउन सहमतीको लागि निरन्तर प्रयास गरेपनि गठवन्धन भित्र सहमती जुट्न नसक्दा अन्यौल छाएको छ ।
कार्यकर्ताको दवाव, विरोध कार्यालय तालावन्दी समेतको सामाना गर्दै गठवन्धनले भागवण्डा मिलाएको हो ।