धादिङमा दुई महिला वडा सदस्य निर्विरोध

824 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१४ बैशाख – बैशाख ३० गते हुन गईरहेको स्थानीय–तह निर्वाचन २०७९ अन्तर्गत धादिङमा दुई महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित हुनेमा धादिङको गंगाजमुना गाउँपालिका वडा नंम्बर ४ मा नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवार रत्नमायाँ घले र खनियाबास गाउँपालिका वडा नम्बर मा ४ नेपाली कांग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार बिमला नेपाली रहेका छन् ।


निर्विरोध निर्वाचित हुने दुबै जनाको नाम भने निर्वाचन कार्यालयबाट औपचारिक रुपमा घोषणा भने गरिएको छन । दु्वै जना वडा सदस्यको ठाउँमा एक-एक जनाको मात्र उम्मेदवारी परेको र उनीहरु बिरुद्ध कुनै दावी विरोध समेत नभएकाले निर्विरोध निर्वाचित भएका हुन ।

जिल्लाको दुई नगरपालिका सहित १३ स्थानीय तहका लागि हुन लागेको निर्वाचनमा धादिङमा नेकपा एमाले,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, मङ्गोल अर्गनाइजेशन दल, नेपाली जनता पार्टीक साथै स्वतन्त्र उम्मेदवारहरुको तर्फबाट विभिन्न पदमा उम्मेदवारी परेको मुख्य निवार्चन अधिकृत कार्यालयले जनाएको छ ।