एमाले धादिङका प्रभावशाली नेता पन्त र रुपाखेतीले छाडे पार्टी ( बिज्ञप्ति सहित) थांक्रे गाउँपालिकामा टिकटले गरायो भाँडभैलो, पुराना नेताले छाडेपार्टी

1767 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- मनोनयन भईसकेको उम्मेदवारी खोसिएपछि नेकपा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र नेकपा एमाले धादिङका निर्वाचन विभाग प्रमुख समेत रहेका जिल्ला नेता गोकर्ण रुपाखतीले एमाले पार्टी परित्याग गरेका छन् । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेको दावी गरेका छन् ।

एमाले परित्याग गर्नेमा कृष्ण पन्त र गोकर्ण रूपाखेती रहेका छन । पन्तले एमालेको टिकट नै लिएर उम्मेदवारी दर्ता गरेको भए पनि एमालेले वर्तमान गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको नाममा अर्को टिकट जारी गरेपछि उनको उम्मेदवारी खारेज भएको छ।

पार्टी केन्द्रको हस्तक्षेप हुने सम्भावनाले सुरूमै स्वतन्त्रमा उम्मेदवारी दर्ता गरेका रूपाखेती भने अब स्वतन्त्रबाट अध्यक्षमा चुनावमा सहभागी हुने भएका छन । उनको चुनावी कमाण्डर पन्त बनेर स्वतन्त्रबाटै कार्यकर्ताको भावनाको स्म्बोधन गरेर चुनावमा नतिजा निकाल्ने अभियानमा उनीहरू लागेका छन ।

स्थानीय नेता र कार्यकर्ताको चाहना पन्त भए पनि पार्टीको हस्तक्षेपले त्यसो हुन नसकेपछि पुराना प्रभावशाली नेता पार्टी छाड्न वाध्य भएका हुन् । रूपाखेती एमाले धादिङको निर्वााचन विभाग प्रमुख पनि हुन ।

पार्टी कुनै विधि विधानमा होइन बाहुबलीमा चल्न थालेको भन्दै थांक्रेका प्रभावशाली दुई नेताले पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरी स्वतन्त्र नागरिक भएको घोषणा गरेका हुन ।

प्रभावशाली दुई नेताको राजिनामाले थांक्रे एमालेलाई अफ्ठ्यारो पर्ने आंकलन गरिएको छ । त्यसको फाइदा सिँधै गठवन्धनलाई हुनसक्ने धेरैले अड्कल गरेका छन् । गएको चुनावमा थांक्रेमा एमालेले अध्यक्ष, उपाध्यक्ष र ९ वटा वडामा बाँकी दुई वडामा  काग्रेस र माओवादीले एक एकवटामा विजय हासिल गरेको थियो । अध्यक्ष र उपाध्यक्षमा पुरानै अनुहार दोहो¥याउन खोज्दा समस्या आएको हो ।

बिज्ञप्ति पढ्र्नुहोस

आदरणिय न्यायप्रेमी थाक्रेबासी दाजुभाई, दिदी बहिनी, आमाबुवाहरु सबैमा अन्तर आत्मादेखीनै सादर अभिवादन व्यक्त गर्दछु ।
विगत लामो समयदेखी कम्युनिष्ट पार्टीको झण्डामुनी गोलबन्द हुदै र आम जनतालाई सचेतना बाँढ्दै नेकपा एमालेको झण्डामुनी गोलबन्द गराउँदै पार्टीको विभिन्न जिम्मेवारीमा रहेर राजनितिक परिवर्तनका
साथ साथै सामाजिक विकासको अभियानकर्ताको रुपमा विभिन्न गतिविधी सञ्चालनका दौरानमा हामिलाई सहयोग र विश्वास गरी समाज परिवर्तन र राजनितिक सुढृडिकरणको यात्रामा सँगैरहनुभएका सवै अग्रज, सुभेच्छुक एवं सम्पुर्णप्रति हार्दिक सम्मान व्यक्त गर्दछौ। यस अवधिमा राजनितिक विचारधाराका कारण कसैप्रति चोट पुग्न गएको भए राजनितिक र वैचारिक कारणबाट भएको कमजोरिका रुपमा लिई माफि दिनुहुनेछ भन्ने विश्वास लिएको छौ।
आदरणिय व्यक्तित्वहरु यहाँहरुको बिचमा हिजोदेखी देखाएको स्वाभिमान, सामाजिक मुद्धा साथै तमाम विभेद विरुद्धको आवाजहरुलाई बुलन्द गर्ने र मान्यता स्थापित गर्न आजका मितिवाट हामि आफु आवद्ध रहेको नेकपा एमाले पाटिको संगठित सदस्यता तथा यस अवधिमा नेकपा एमाले जिल्ला कमिटी धादिबले प्रदान गरेकोविभिन्न जिम्मेवारी तथा पार्टिमा रहेको सम्पुर्ण जिम्मेवारीहरु त्याग गरेको घोषणा गर्दछौ।
यस अवधिमा हामिलाई यो भुमिका प्रदान गर्नुहुने नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष एवं पदाधिकारी एवं एमाले कार्यकर्ता तथा संगठित सदस्य सम्पुर्ण प्रति सम्मान तथा धन्यवाद व्यक्त गर्दछौ।
आजका मितीबाट हामि राजनितिक, सामाजिक लगाएत सम्पुर्ण रुपमा स्वतन्त्र नागरिक सरह यहाँहरुको सेवामा समर्पित हुने संकल्प व्यक्त गर्दछौ।
आज यहाँहरुको बिचमा हामिले लिएको संकल्प र दृढताबाट कसैलाई असर पर्न गएको भए विचलित नहुन सवैमा सद्भाव व्यक्त गर्दछौ। विभिन्न समयमा भएका आन्दोलन र राजनितिक अभियानमा आवद्ध हुदै लोकतान्त्रीक गणतन्त्र स्थापनाको आन्दोलनबाट प्राप्त राजनितिक स्वतन्त्रताको हक स्थापित गर्न जिवन वलिदान दिनुहुने महान योद्धा तथा सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ। हाम्रो राजनितिक यात्राको अविछिन्न योगदान र संघर्ष लाई सम्झना गर्दै अवको जिवन जनताको सवालमा संगठित गदै्र् नागरिक हक अधिकार प्रत्याभुती तथा समृद्धिको यात्रामा साथसाथै रहने प्रतिवद्धता व्यक्त गर्दछौ।
हामि यस अवस्थामा आइपुगी स्वतन्त्र जिवन व्यथित गर्ने निर्णय गरिरहँदा हामिले गरेको राजनितिक नेतृत्व बाट नेकपा एमालेलाई विश्वास गरि राजनितिक यात्रा तय गर्नुभएका सवै सहकर्मीहरुको भावनामा
ठोस पुगेको भए क्षमायाचना गर्दछा्रै । साथै यहाँहरुको राजनितिक यात्राको सफलताको कामना गर्दछौ। हामि एक सचेत सामाजिक अभियान्ता हौ । हामिले उठाएका मुद्धाहरु सामाजिक न्याय र समानता,
सुशासन र पारदर्शिताका मुद्धाहरु हुन । यसको कार्यन्वयनका लागि नितिगत व्यवस्थाबाट संस्थागत हुने निष्कर्ष रहेको छ ।

गोकर्ण रुपाखेती                                                                                                                   कृष्ण प्रसाद पन्त

हामिले किन आजका मितीबाट स्वतन्त्र जिवन जिउने संकल्प गर्न वाध्य भयौस्पष्ट नगर्दा तपाईहरुमा अन्यौलता साथै यस अवस्थामा पुग्न बाध्य बनाउने विकास विरोधि तत्वहरुको भ्रमबाट तपाईहरुलाई मुक्त गराउन नसकिने हुनालेयहाँकेहि उल्लेख गर्न चाहान्छु ।
१। थाक्रे गाउँपालिका तपाई हामि सवैको सक्रियता पुर्ण राजनितिक एकताबाट नेकपा एमालेले स्थानिय तहमा पहिलो ऐतिहासिक जित हासिल भएको थियो । तर निर्वाचन जितेको २ महिना नवित्दै म लगाएत अन्य नेता कार्यकर्ता र मतदाताको भावना विपरित निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको नेतृत्वमा अपमानित गर्ने तथा विभिन्न सवालहरुमा मतभेद उत्पन्न गराएको ।
२। निर्वाचित प्रमुख उप प्रमुख बाट म नै पार्टी म नै जन प्रतिनिधी भन्दै सहकर्मी साथि बिचमा केही व्यक्ति प्रयोग गरि राजनितिक जिवन समाप्त बनाउन पालिकाको श्रोत साधन तथा जनशक्तिको व्यापक
दुरुपयोग गरिएको ।
३। म र मेरा सहकर्मी साथै केही वडा प्रतिनिधिहरुलाई बदनाम गराउन कर्मचारी प्रयोग गरि हामिलाई सिध्याउन नियमित रुपमा परिचालन गरिएको ।
४। पार्टीका सिद्धान्त, विचार र मर्याद विपरित केही कार्यकर्ताहरुलाई आर्थिक प्रलोभन पारि अनुशासन
विपरित क्रियाकलापका लागि कर्मचारी प्रशासनलाई वाध्य बनाइएको कारण ५ वर्षमा ११ जना प्रशासकिय अधिकृत फेरिएको ।
५। पार्टिको अन्तर संघर्ष बाट पटक पटक सचेत गराउँदा समेत हुकुमी शासनको झल्को दिनेगरि आफ्ना कुकृत्यमा साक्षि नबस्ने इमान्दार पार्टी सहकर्मीहरु विरुद्ध विभिन्न सामाजिक सञ्जाल मार्फत बद्नाम
गराउने खेलको नायक बनेको ।
६। थाक्रेको विकास र समृद्धिको लागि पार्टीको माननिय सांसद साथै सहकर्मीबाट उठाइएका सवाल र योजना तुहाउन विभिन्न हर्कत गरेको । यसको प्रमाणका रुपमा २०७५÷७६ को संघिय कार्यक्रम अन्तर्गत ८ किला चिउरीपाटि सडक, धाक्रे पण्डित पौवा सडक, महादेववेशी हलथुम गोगनपानि सडक र माटिखोला रातमाटे सडकमा परेको १ करोड रकम नियतवस फ्रिज गराइएको ।
७। २०७६÷७७ मा प्रदेश सरकारबाट विनियोजन गरेको ४ वटा सडक योजनालाई फ्रिज गराउने अनेक प्रपन्च विरुद्ध लाग्दा बैसाखमा बाध्य भएर कार्यन्वयनमा गएको ।

८। थाक्रे वडा नं ४, ५, ६, ७ र ११ को प्रत्येक घरधुरीले मुलखोलाको व्यवस्थित स्वच्छ खानेपानि आयोजना कार्यन्वयन हुन नदिएको । अन्तिम सम्म दवाव गर्दा पनि सम्भव नभएपछि भर्खर टेन्डरमा
गएको ।
९। महादेववेशी निगाले मोरिया सडकमा संघिय संसद मार्फत छनौट भएको योजनाको विषयमा हामिले सार्वजनिक गर्दा १ करोडेहरुको फुर्ती ५० करोड खेलाउने संग भन्दै अपमानित गरेको योजना अहिले
आएर कार्यन्वयनमा गई संगा्रमटार सम्म कालोपत्रे भएको ।
१०। महेश खोला मोटरपुलमा ठेकेदार संग मिलेमतो गरि ढिलाई हुदाँ सिम्लेको पुल गत वर्ष बगाउँदा विकास निर्माण कार्य १ वर्ष पछि धकेलिएको र हालसम्म पनि कार्य सुचारु गर्न नसकिएको ।
११। जनजागृती मा।विमा प्राविधिक कक्षा सञ्चालन साथै थाक्रेमा सिप विकास कार्यक्रम सञ्चालनका लागि सिटिइभिटिका उपाध्यक्ष, निर्देशक, उप निर्देशक सहितको छलफलमा अभद्र व्यवहार गरि अपमान गरिएको ।
१२। सिभिल इन्जीनियरिब कक्षा सञ्चालन गर्ने स्थानिय चहाना रोक्न मन्त्रालय सचिवलाई हाम्रो प्राथमिकता होइन स्विकृती रोक्नु भनि दवाव दिएको बावजुत संघिय सांसदको पहलमा कार्यक्रम स्विकृत
भएको ।
१३। प्राविधिक विद्यालयका लागि आव २०७७÷७८मा विनियोजित विजियोजित बजेट फ्रिज भएको ।
१४। रानिझरना, मिनी लुम्बीनि पार्क, पोखरिचौर साथै झण्डाचुली विकासमा पटक पटक अवरोध गर्ने प्रयास गरेको ।
१५। हाप्से महादेववेसि पालिका केन्द्र सडक कालोपत्रे बनाउन पहल गर्दा सिफारिस गर्न आलटाल गरेका कारण हालसम्म पनि योजना कार्यन्वयन हुन नसकेको ।
१६। प्रत्येक वर्षको बजेटमा ६०५ पनि पुँजिगत खर्च गर्ने असक्षमता प्रस्तुत गरेको जसका कारण जनताको घरदैलोको सरकारमा आइपुगेको बजेटबाट सेवा पाउने नागरिक अवसरबाट बञ्चित भएको ।
१७। वार्षिक कार्यक्रम पुस्तिकामा २०७७÷७८ मा २२ करोड संशोधित बजेट रहेकोमा कार्यन्वयन योजना बनाउन नसकि असक्षम प्रमाणित भएको । साथै संघिय मन्त्रालयबाट प्रस्तुत स्वमुल्यांकन प्रतिवेदनमा समेत जिल्लाका पालिका मध्ये १० औ स्थानमा रहेको ।

१८। थाक्रे विकासको गुरुयोजना तयार गर्न नसकेको ।
१९। लगातार २ आर्थिक वर्षमा कृषि र महिला विकास शिर्षकमा बजेट परिचालन गर्न नसकेको ।
२०। आव २०७५÷७६, ७६÷७७ मा स्थानिय श्रोत करको ठेक्का निकाल्न ढिलासुस्ती गरि अमानतमा ४ महिना कर संकलन गरि झण्डै ४० लाख अनियमितता गरेको ।
२१। सहकर्मी तथा पार्टि नेताको नाम लिएर सेवा प्रवाहका लागि पालिका जाँदा उनिहरुको मान्छे भन्दै अभद्र व्यवहार गरेको ।
२२। केहि वडाहरुमा हुदै नभएको योजना सम्पन्न बिल बनाई भुक्तानि दिएको । आफ्नो पक्षमा लाग्न र सहकर्मीहरुलाइ बद्नाम गराउनका लागि उपभोक्ता समितिलाई निकास प्रदान गर्ने कार्यमा विभेद गरेको

२३। विकास निर्माणका काममा डोजर प्रयोग गर्दा चलन चल्ती भन्दा बढी घण्टा र मुल्य राख्न लगाई अनियमितता गरेको । उजुरी गर्दा उजुरीकर्ता हरुमा अभद्र व्यवहार गरेको ।
२४। कृषि उपकरण, स्वास्थ्य उपकरण साथै कोरोना महामारिको समयमा आर्थिक अनियमितता गरेको ।
२५। सेफ हाउसका नाममा जग्गा खरिद गर्दा मापदण्ड भन्दा बाहिरको जग्गा खरिद गरि विजुलिको हाई टेन्सन लाइनको मापदण्ड नकटाई जोखिमयुक्त भवन निर्माण गरेको ।
यसर्थ थाक्रेको विकास र समृद्धि विरोधिको रुपमा आर्थिक शुसासन र कर्मचारि प्रशासनको रुपमा असक्षम प्रमाणित भैसकेको व्यक्तिरहेको अवस्थामा पार्टि जिल्ला कमिटी, इन्चार्ज, सहइन्चार्ज सहितको
सर्वसम्मतीको निर्णय उल्ट्याई राजनितिक पहुँचका आधारमा पार्टिका महासचिव र बागमति प्रदेश कमिटी सँगको उठबसका आधारमा पुनःपालिकाको नेतृत्वका लागि टिकट लेराउने कार्यप्रति हाम्रो गम्भिर असहमति रहेको छ । उक्त प्रवृति र व्यवहारबाट नेकपा एमालेलाई थाक्रे गाउँपालिकामा आसन्न स्थानिय निर्वाचनमा विजय गराउन नसकिने तथा पार्टिका गाउँ कमिटी अध्यक्ष क। कृष्ण पन्त तथा सचिव क। उर्मिला रेग्मीमाथि भएको अन्याय र आम कार्यकर्ताको भावना विपरितको निर्णयको विरुद्धमा उभिन वाध्य पारिएको छ । हाम्रो यस विद्रोहलाई टिकट नपाइएको झोँकमा आवेशमा आएर गरिएको निर्णय नभनि, अन्याय अत्याचार र तानाशाह प्रवृती विरुद्धको विद्रोहको रुपमा बुझि साथ दिनुहुन इमान्दार कार्यकर्ताहरुमा हार्दिक अपिल गर्दछौ।
धन्यवाद