धादिङमा २ नगर प्रमुखका लागि २० र ११ अध्यक्षका लागि १ सय ३६ जना प्रतिस्पर्धामा १ सय ४ वडाका अध्यक्षका लागि ४ सय १८ जना भिड्दै

557 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ— स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको छ ।

धादिङ जिल्लामा २ नगरपालिका ११ वटा गाउँपालिकामा १ सय ४ वटा वडा रहेको छ । जसमा कुल ५ सय ४६ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

जिल्लाको २ नगरपालिकाकाको प्रमुखका लागि २० जना प्रतिस्पर्धामा छन् । यस्तै २ नगर उपप्रमुखका लागि १६ जनाले प्रतिस्पर्धा गर्नेछन । जस्मा नीलकण्ठ नगरपालिकामा प्रमुखका लागि स्वतन्त्र ४ सहित ११ जना धुनिबेसीमा स्वतन्त्र ५ सहित ९ जना, उपप्रमुखमा नीलकण्ठमा स्वतन्त्र २ सहित ७ र धुनिबेसीमा स्वतन्त्र ५ सहित ९ जनाको उम्मेदवारी कायम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाका ११ वटा गाउँपालिका अध्यक्षका लागि १ सय ३६ जना प्रतिस्पर्धामा छन् भने ११ गाउँपालिका उपाध्यक्षका लागि ७८ जना चुनावी मैदानमा छन् ।

जिल्लामा १ सय ४ वडाका अध्यक्षका लागि ४ सय १८ जना प्रतिस्पर्धामा छन् ।
जिल्लाको सिद्धलेकमा अध्यक्षमा ८ जना, उपाध्यक्षमा ६ जना, रुवीभ्यालीमा अध्यक्षमा ७ र उपाध्यक्षमा ७ जना, वेनिघाटरोराङमा अध्यक्षका लागि ११ उपाध्यक्षका लागि ५, नेत्रावती डवजोङमा अध्यक्ष ९, उपाध्यक्षमा ६ जना प्रतिस्पर्धामा रहेका छन् ।
त्यसै गरी थांक्रेमा अध्यक्षमा स्वतन्त्र १४ सहित १८ जना, उपाध्यक्षमा ४ जना, त्रिपुरासुन्दरीमा स्वतन्त्र ६ सहित ११ र उपाध्यक्षमा ४ जना, गजुरीमा स्वतन्त्र १२ सहित अध्यक्षमा १७ जना, उपाध्यक्षमा ५ जना, ज्वालामुखीमा अध्यक्षमा ५ जना, उपाध्यक्षमा ८ जना, गल्छीमा स्वतन्त्र ११ सहित अध्यक्षमा १७ जना, उपाध्यक्षमा ८ जना, गंगाजमुनामा अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जना र खनियावासमा अध्यक्षमा ७ जना र उपाध्यक्षमा ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

बैशाख ३० गते हुन गईरहेको निर्वाचनका लागि १३ वटै स्थानीय तहमा उम्मेदवारी दिनेमा नेकपा एमाले मात्रै रहेको छ । गठवन्धन दलहरुका बिचमा सहमती कार्यान्वयन हुंदा धेरै जना गठवन्धन भित्रका दलहरुले आपसमा प्रतिस्पर्धा गर्दैछन् । गठवन्धन भित्र सहमती जुट्न नसक्दा सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको साथै गंगाजमु्ना, नेत्रावती डवजोङ र गजुरी गाउँपालिकामा गठवन्धन समर्थन गर्ने दलहरुबाटै उम्मेदवारी परेको छ । जिल्लाको थांक्रे र नेत्रावती डबजोङमा एमाले उम्मेदवार बिरुद्ध वागी परेको छ । नीलकण्ठ नगरपालिकाको उपप्रमुख पद पुरुषले पाउने गरी माओवादी केन्द्रलाई दिएको भन्दै काँ्रेग्रेस नेत्तृ कल्पना अधिकारी स्वतन्त्रबाट उम्मेदवार बनेर भुनावी मैदानमा उत्रनु भएको छ ।
त्यसै गरि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र ८ मा काँग्रेसका आधिकारिक उम्मेदवार बिरुद्ध काँग्रेसकै तर्फबाट वागी उम्मेदवारी परेको छ ।