गल्छी २ मा एमाले प्यानलनै विजयी

546 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा षडानन्द खनाल १०४७ मत ल्याएर विजयी भएका छन् । वडा सदस्यहरुमा गोविन्दराज वज्राचार्य र सुदिप मगर, महिला सदस्यमा सरिता मगर र दलित महिला सदस्यमा चमेली गैरे एमालेबाट प्यानल सहित विजयी भएका छन् ।

गल्छी गाउँपालिकाको २ वटा वडाको मतगणना सकिंदा पालिका प्रमुखमा एमालेका केदारनाथ खतिवडाले २४ सय ४९, गठबन्धनबाट नेकपा एसका कृष्णहरी श्रेष्ठले १६ सय ८७ मत प्राप्त गरेका छन् ।
त्यसै गरी उपाध्यक्षमा एमालेका राधा तिमिल्सिनाले २०४५ मत प्राप्त गर्दा गठवन्धनबाट नेपाली काँग्रेसका भाईकाजी तिवारीले १९९० मत पाएका छन् । गल्छीमा एमाले गठवन्धनको वलियो टिम संग प्रतिस्पर्धा गरिरहेको छ ।