धादिङमा मतगणना जारी – एमाले,माओवादी र काँग्रेस ३/३ ,राप्रपा एक वडामा विजयी

1163 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङमा मतगणना कार्य जारी रहेको छ । आईतबार विहान ८ वजे सम्ममा सम्म १० वटा वडाको नतिजा सार्वजनिक भएको छ ।
अहिले सम्मको नतिजा अनुसार माओवादी केन्द्रले ३ नेपाली काँग्रेसले २, एमालेले ३ र राप्रपाले एक वडा जितेको छ ।एमालेको गल्छी गाउँपालिका १ मा यदुकुमार खतिवडा, २ मा षडानन्द खनाल र ज्वालामुखी १ मा कृष्ण गिरी विजयी भएका छन् । माओवादी केन्द्रको वेनिघाटरोराङ २ मा हेमराज भुजेल र नीलकण्ठ नगरपालिका १ मा गणेशबहादुर गुरुङ र धुनिबेसी नगरपालिका १ मा मानवहादुर तामाङ वडाअध्यक्षमा विजयी भएका छन ।

त्यसै गरी नेपाली काँग्रेसको वेनिघाट रोराङ १ मा जिवनसिंह तामाङ, रुवीभ्याली १ मा पम्वर तामाङ र नेत्रावती डवजोङ १ मा ठाकुर गुरुङ विजयी भएका छन् ।
राप्रपाका उम्मेदवार सोनामबहादुर तामाङले खनियावास १ बाटवडा अध्यक्ष जितेका छन् । अन्य स्थानको मतगणना जारी रहेको छ ।