धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता

849 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ र वेनिघाटरोराङ गाउँपालिकामा कृष्णबहादुर थपलिया विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपलिका अध्यक्षमा मेघनाथ रिजाल, ज्वालामूखी गाउँपालिकामा यमनाथ दनै विजयी भएका छन् ।गल्छी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका केदार खतिवडा, धुनिबेसी नगरपालिकामा नेकपा एसका बालकृष्ण आचार्य विजयी भएका छन् ।

यसै गरी गाउँपालिका उपाध्यक्षहरूमा नेपाली कांग्रेसका तर्फबाट रुबीभ्यालीबाट फे लामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकामा सीतामाया गुरुङ, गल्छी गाउँपालिकामा भाइकाजी तिवारी, धुनिबेसी नगरपालिकामा सुरज उप्रेती निर्वाचित भएका छन् ।

त्यसै गरी खनियाबास गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङ, ज्वालामूखी गाउँपालिकामा धर्म बहादुर अर्याल र वेनिघाट रोराङ गाउँपालिकामा नेकपा एसबाट उपाध्यक्ष निर्वाचित भएका छन् ।

जिल्लाका १३ पालिका मध्ये सदरमुकाम स्थित नीलकण्ठ नगरपालिका साथै क्षेत्र नम्बर १ को थाँक्रे र सिद्धलेक गाउँपालिका क्षेत्र नम्बर २ को त्रिपुरा सुन्दरी र गंगाजमुना गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय धादिङले जनाएको छ ।

निर्वाचित जनप्रतिनिधिहरूको प्रमाणपत्र वितरण मङ्गलवारबाट सुरु हुने पालिका स्थित निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । जिल्लाको सबै भन्दा विकटमा रहेको रुबीभ्यालीमा भने प्रमाणपत्र वितरण भइसकेको छ ।

जिल्लाको १०४ वडा मध्ये बुधवार दिउँसो पौने १२ वजे सम्ममा १३ वटा वडाको परिणाम आउन बाँकि रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
अन्तिम मत परिणाम आउन बाँकी रहेका स्थानहरुमा थाक्रेमा ६ देखि ११ गरि ६ वडा, ,त्रिपुरासुन्दरीमा ६ र ७ नम्बर वडा,गंगाजमुनाएक ४ नम्बर वडा ,सिद्धलेक ७ नम्बर वडा,नीलकण्ठमा ११ र १२, तथा बराबरी भएको ६ नं वडा समेत गरी ३ वडा रहेका छन् ।
थाक्रे बाहेक बाँकी रहेका वडाहरुको नतिजा बुधवार सांझ सम्ममा आईसक्ने अनुमान गरिएको छ ।

कुन वडा कस्ले जित्यो ?

थाक्रे –५ मा नेकपा एमालेका सन्त बहादुर वाईबा
थाक्रे ४ मा एकिकृत समाजवादिका आशाराम तामाङ
थाक्रे–३ मा माओवादी केन्द्रका बिजय तामाङ
थाक्रे–२ मा माओवादी केन्द्रका टिकाराम तामाङ
थांक्रे –१ मा नेकपा एमालेका श्याम थापा

त्रिपुरासुन्दरी –५ मा माओवादी केन्द्रका कुश बहादुर सिटौला
त्रिपुरासुन्दरी –ं ४ मा माओवादी केन्द्रका कपिल देव सिंखडा
त्रिपुरासुन्दरी– ३ मा एमालेका कमल बहादुर थापा
त्रिपुरासुन्दरी –२ मा नेकपा एमालेका कृष्ण बहादुर खत्री
त्रिपुरासुन्दरी–१ मा काँग्रेसका भिम प्रसाद भट्ट

 

सिद्धलेक –६ मा एमालेका सुरेन्द्र मगर
सिद्धलेक –५ मा माओवादी केन्द्रका बुद्ध घले
सिद्धलेक –३ मा नेकपा एमालेका देवबहादुर पुलामी मगर
सिद्धलेक –४ मा नेकपा एमालेका झक बहादुर थापामगर
सिद्वलेक–२ मा नेपाली काङ्ग्रेसका सागर गुरुङ
सिद्धलेक–१ मा माओवादी केन्द्रका पेमा लामा

नीलकण्ठ–१४ मा माओवादी केन्द्रका नवराज दुवाडी
नीलकण्ठ–१३ मा नेपाली काङ्ग्रेसका सोम बहादुर गुरुङ
नीलकण्ठ –१० मा काँग्रेसका सरोज पाण्डे
नीलकण्ठ –९ मा काँग्रेसका राजन बराइली
नीलकण्ठ –८ मा स्वतन्त्र प्रकाश श्रेष्ठ
नीलकण्ठ – ७ मा कांग्रेसका गौतमहरी अधिकारी
नीलकण्ठ –५ मा माओवादी केन्द्रका राम कुमार श्रेष्ठ
नीलकण्ठ –४ मा नेकपा एमालेका हरी श्रेष्ठ
नीलकण्ठ –३ मा स्वतन्त्र राजकुमार श्रेष्ठ
नीलकण्ठ –२ मा माओवादी केन्द्रका ध्वज बहादुर गुरुङ
नीलकण्ठ–१ मा माओवादी केन्द्रका गणेश गुरुङ

गंगाजमुना –७ मा एकिकृत समाजबादीका रविन अधिकारी
गंगाजमुना –६ मा एमालेका रमेश ढकाल
गंगाजमुना–२ काँग्रेसका बलबहादुर तामाङ
गंगाजमुना–१ मा नेकपा माओवादी केन्द्रका बहादुर सिं लामा

ज्वालामुखी -१ मा नेकपा एमालेका कृष्ण गिरी
ज्वालामुखी-२ -मा काँगे्रसका राजु लोप्पा
ज्वालामुखी -३ मा कांग्रेसका उमेश श्रेष्ठ
ज्वालामुखी -४ मा स्वतन्त्र कृष्णबहादुर गुरुङ
ज्वालामुखी -५ मा कांग्रेसका टंकप्रसाद काप्री –
ज्वालामुखी –६ मा काँग्रेसका किशोर सेढाई
ज्वालामुखी – ७ मा कांग्रेसका ज्ञानेन्द्र प्रसाद खकुराल

धुनिवेशी -१ मा माओवादी केन्द्रका मान बहादुर तामाङ
धुनीबेसी – २ मा एकीकृत समाजवादीका लक्ष्यजित तामाङ –
धुनीबेशी – ३ मा काँग्रेसका प्रकाश हमाल –
धुनिबेशी–४ मा एकिकृत समाजबादीका हरि सुवेदी
धुनिवेशी-५ मा स्वतन्त्रबाट विशाल भट्टराई
धुनिबेशी – ६ मा माओवादी केन्द्रका रमेश प्रसाद आचार्य
धुनिवेशी -७ मा काँग्रेसका यदुनाथ पाठक
धुनिबेशी  – ८ मा माओवादी केन्द्रका रामकृष्ण रेग्मी –
धुनिबेशी  -९ मा काँग्रेसका माधव प्रसाद सिलवाल

बेनिघाट रोराङ–१ मा काँग्रेसका जिवन सिं तामाङ                                                                                                                                                          बेनिघाट रोराङ -२ मा नेकपा माओवादी केन्द्रका हेमराज भुजेल
बेनिघाट रोराङ -३ मा एमालेका भुवन त्रिपाठी
बेनीघाट रोराङ – ४ मा माओबादी केन्द्रका राजु बहादुर मगर
बेनिघाट रोराङ – ५ मा माओवादी केन्द्रका रोशन कुमार सिलवाल –
बेनिघाट रोराङ –६ मा माओवादी केन्द्रका राजेन्द्र सिलवाल
बेनिघाट रोराङ  ७ मा माओवादी केन्द्रका कुमार बस्नेत
बेनिघाट रोराङ -८ मा माओवादी केन्द्रका राज कुमार श्रेष्ठ
बेनिघाट रोराङ -९ मा एमालेका भिमसेन खड्का –
बेनिघाटरोराङ -१० मा कांग्रेसका बिकास चेपाङ

नेत्रावती डबजोङ – १ मा नेपाली कांग्रेसका ठाकुर गुरुङ
नेत्रावती डबजोङ –२ मा कांग्रेसका मिनबहादुर तामाङ
नेत्रावती डबजोङ-३ मा कांग्रेसका सुरेश वाईवा
नेत्रावती डबजोङ–४,  एमालेका तिल बहादुर गुरुङ
नेत्रावती डवजोङ -५ काग्रेस हरि अधिकारी

गल्छी -१ नेकपा एमाले यदुकुमार खतिवडा
गल्छी -२  नेकपा एमाले षडानन्द खनाल
गल्छी – ३  माओवादी केन्द्र राजन भुजेल
गल्छी–४  काँग्रेस राजु अधिकारी
गल्छी -५  माओवादी केन्द्र सरोज तामाङ
गल्छी – ६ – कांग्रेस- दिपककुमार कार्की
गल्छी- ७ नेकपा एमाले हरि प्रसाद खतिवडा
गल्छी -८ मा काँग्रेस विशाल लुङ्गेली मगर

गजुरी -१  माओवादी केन्द्र तारा भन्डारी
गजुरी –२   काँग्रेस दोर्ण कडेल
गजुरी-३ काँग्रेस ऋषिलाल श्रेष्ठ
गजुरी -४  काँग्रेस सुरेन्द्र चेपाङ
गजुरी –५  माओवादी केन्द्र गोबिन्द लामिछाने
गजुरी – ६ माओवादी केन्द्र भक्त बहादुर तामाङ
गजुरी -७  माओवादी केन्द्र बद्री जम्कट्टेल
गजुरी- ८  माओवादी केन्द्र देवराज ओझा

खनियावास  १ राप्रपा सोनम तामाङ
खनियावास -२ मा राप्रपा अरुण कुमार तामाङ
खनियाबास–३ राप्रपा कमानसिङ तमाङ
खनियावास – ४  कांग्रेस लिलामान तामाङ
खनियाबास – ५  नेकपा एमाले रबिन तामाङ

रुविभ्याली -१ नेपाली कांग्रेस पम्बर तामाङ
रुविभ्याली २ – एकिकृत समाजवादी रुपा घले
रुवी भ्याली–३ मा जसपा फे दोर्जे तामाङ
रुविभ्याली – ४ राप्रपा प्रशाान्त तामाङ
रुवीभ्याली -५ नेपाली कांग्रेस रम्ब तामाङ
रुवीभ्याली -६ एकीकृत समाजवादी समीर गुरुङ