धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

916 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ ।

प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका उम्मेदवारहरूले वडाअध्यक्ष जितेका छन् ।

सदरमुकामस्थित नीलकण्ठ नगरपालिको प्रमुखमा नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना र उपमेयरमा नेकपा माआवादी केन्द्रका दीपक विश्वकर्मा विजयी भएका छन् ।ढुंगानाले १४ हजार ५ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धि नेकपा एमालेका उम्मेदवार गंगादेवी श्रेष्ठले ९ हजार ६४ मत प्राप्त गरिन् । २०७४ मा पनि ढुंगाना नगर प्रमुखमा निर्वाचित भएका थिए ।

त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनले जित हासिल गरेको छ । अध्यक्षमा नेपाली कांग्रेसका राजु उप्रेती र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका देवराज धरेल विजयी भएका छन् ।अध्यक्षमा उप्रेतीले ६७७१ मत ल्याई विजयी हुँदा उनको निकटम प्रतिद्वन्दी एमालेका उमेश कुमार थापाले ५१२६ मत ल्याएका थिए । यस्तै उपाध्यक्ष देवराज धरेलले ६०३४ मत ल्याएका छन भने निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार संगीता कुमालले ५२१० मत ल्याएकी थिइन् ।

खनियाबास गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रणबहादुर तामाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा विजयी रणबहादुरले १ हजार ६०९ मत ल्याएर विजयी भएका हुन । । तामाङ २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेसबाट अध्यक्षमा विजयी भएका थिए । तामाङको निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले १ हजार ३९६ मत ल्याएका छन् । अध्यक्षमा पराजित फुलबहादुर कांग्रेसमा थिए । त्यस्तै खनियाबास गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङले १ हजार ८२७ मत ल्याइ विजयी भएका छन भने उनको निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १ हजार २२७ मत प्राप्त गरेका छन् ।

धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामसिंह तामाङ २ हजार ७९२ मत प्राप्त गरेर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका गोम्बा घलेले २ हजार ५९७ मत प्राप्त गरर पराजित भएका थिए । रुवीभ्यालीको उपाध्यक्षमा नेपाली काँग्रेसका फेलामा तामाङ विजयी भएका छन् फेलामाले २ हजार ९०३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका धनकुमारी तामाङले २ हजार १३२ मत पाएकी थिइन् । २०७४ को निर्वाचनमा रुविभ्यालीमा राप्रपाले अध्यक्ष र उपाध्यक्ष जितेको रुवीभ्याली राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गृहपालिका हो ।

यस्तै नेत्रावती डबजोङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । अध्यक्षमा मेघनाथ रिजालले दुई हजार पाँच सय ४२ र निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उर्मिला तामाङ गुरुङले एक हजार छ सय ८३ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका सितामायाँ गुरुङले दुइ हजार सात सय ८६ मत ल्याइ विजयी हुंदा उनकोे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना कुमारी मम्बाले एक हजार छ सय ३३ मत प्राप्त गरेकी थिइन् ।

धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेश लाल श्रेष्ठले ६ हजार ३ सय ०८ मत प्राप्त गरी नेकपा एमालेका राजेन्द्र विक्रम बस्नेतलाई पराजित गरेका छन् । निवर्तमान अध्यक्ष बस्नेतले ४ हजार ५१ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षमा गठवन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार शर्मिला विसुराल विजयी भएकी छिन् । विसुराल ५ हजार ६ सय ९९ मत प्राप्त गरेर विजयी भएकी हुन भने नेकपा एमालेकी भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरेर पराजित भएकी छिन् ।

धुनिवेंशी नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा आठ हजार सात सय ६ मत प्राप्त गरी नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएभने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामराजा पाण्डेले ६ हजार पाँच सय ९२ मत प्राप्त गरेका थिए । उप मेयरमा नेपाली काँग्रेसका उम्मेदवार सुरज उप्रेती आठ हजार तिन सय ८७ मत ल्याइ विजयी हुंदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मन्दिरा श्रेष्ठले ६ हजार चार सय ७० मत प्राप्त गरेकी छिन् ।

गल्छी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका केदारनाथ खतिवडा र उपाध्यक्षमा कांग्रेसका भाइकाजी तिवारी विजयी भएका छन् । अध्यक्षमा श्रेष्ठले ७ हजार ३ सय ९ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकिकृत समाजवादीका कृष्णहरि श्रेष्ठले ७ हजार ५७ मत प्राप्त गरेर पराजित भए । उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका तिवारी ७ हजार ४ सय ९४ मतसहित विजयी भए । तिवारीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राधा लामिछानेले ७ हजार ४८ मत प्राप्त गरेकी थिइन् । गल्छीमा अध्यक्ष र उपाध्यक्षमा पराजित श्रेष्ठ र लामिछाने २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए । यसपटक भने दुवै जनाले पराजय भोग्नु परेको छ । गाउँपालिकामा तीन दलीय गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा थियो ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा गठबन्धन दलका उम्मेदवारहरू विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विजयी भए । थपलियाले ७ हजार ६ सय ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवप्रसाद त्रिपाठीले ५ हजार ७२ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा ५ हजार ९ सय १ मत प्राप्त गरि नेकपा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ विजयी भए श्रेष्ठका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार हिरादेवी रेग्मीले ४ हजार ६ सय ६७ मत प्राप्त गरेकी थिइन ।

ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका यमनाथ दनै र उपाध्यक्षमा गठवन्धनका तर्फबाट एकीकृत समाजवादीका धर्मबहादुर अर्यालय भएका छन । अध्यक्ष दनैले ८ हजार ३४ मत प्राप्त गरि नेकपा एमालेका हरिराम लोहनीलाई पराजित गरेका हुन् । लोहनीले पाँच हजार चार सय ९९ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एकीकृत समाजवादीका धर्मबहादुर अर्याल ६ हजार चार सय ४५ मत ल्याइ विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी चन्द्रकुमारी अधिकारीले चार हजार सात सय ७१ मत प्राप्त गरेकी छिन् ।

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका भक्त लामा ६ हजार दुइ सय ६२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन भने उपाध्यक्षमा गठबन्धन तर्फका नेकपा माओवादी केन्द्रका रामेश्वर सिंखडा ५ हजार ३८ मत ल्याएर विजयी भएका छन् । अध्यक्ष लामाका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका भक्तबहादुर लामिछानेले ४ हजार ५० मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्ष सिंखडाका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेकी एञ्जीला तामाङले ४ हजार १ सय ९६ मत प्राप्त गर्नुभएको छ । एन्जिला निवर्तमान उपाध्यक्ष समेत हुन् ।

सिद्धलेक गाउँपालिकाको अध्यक्षमा गठबन्धन बाट नेपाली कांग्रेसका परशुराम खतिवडा ७ हजार ९ सय ५६ मतले विजयी भएभने उपाध्यक्षमा नेकपा एकिकृत समाजवादीका सविता अर्याल ७ हजार ३ सय ६२ मतले विजयी भए । खतिवडाका निकटतम प्रतिद्धन्द्धी प्रिेमनाथ सिलवालले ६ हजार १ सय ७१ र उपाध्यक्षकी अर्यालकी निकटतम प्रतिद्धन्द्धी कमला शर्माले ६ हजार २ सय १२ मत प्राप्त गर्नुभयो । अध्यक्ष र उपाध्यक्षमा पराजित सिलवाल र शर्मा २०७४ सालमा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका थिए ।

थांक्रे गाउँपालिकामा मतगणना जारी रहेको छ । ११ वडा मध्ये ८ वडाको मतगणना सम्पन्न हुँदा गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार रामकुमार आचार्यले अग्रता लिएका छन् । गठवन्धनका तर्फबाट काँग्रेसका रामप्रसाद बिँडारीले ६४२० मत पाएका छन भने एमालेका ७३७१ मत पाएका छन् । उपाध्यक्षमा भने गठवन्धनका तर्फबाट माओवादी केन्द्रका यन्त्रवहादुर थापाले ७४६५ मत ल्याउँदा एमालेका अम्बिका रुपाखेतीको ६५५३ मत आएको छ । थाँक्रेमा तीन वटा वडाको मत गणना बाँकी नै छ ।

कुन स्थानीय तहमा कस्ले जिते ? 

१. नीलकण्ठ नगरपालिका
प्रमुख ः भिम प्रसाद ढुङ्गाना (नेपाली कांग्रेस)
उपप्रमुख ः दिपक विश्वकर्मा (माओवादी केन्द्र)
वडा नं १– गणेश गुरुङ (माओवादी केन्द्र)
वडा नं २– ध्वज बहादुर गुरुङ (माओवादी केन्द्र)
वडा नं ३– राजकुमार श्रेष्ठ (स्वतन्त्र)
वडा नं ४– हरि बहादुर श्रेष्ठ ( नेकपा एमाले )
वडा नं ५– राम बहादुर श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं ६– भुपेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ७– गौतमहरि अधिकारी (नेपाली कांग्रेस)
वडा नं ८– प्रकाश कुमार श्रेष्ठ (स्वतन्त्र)
वडा नं ९– राजन बराइली (नेपाली कांग्रेस)
वडा नं १०– सरोज पाण्डे (नेपाली कांग्रेस)
वडा नं ११– राम बहादुर श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं १२– धर्मराज भण्डारी (नेपाली कांग्रेस)
वडा नं १३– सोम बहादुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं १४– नमराज दुवाडी (माओवादी केन्द्र)
२. धुनिवेशी नगरपालिका
प्रमुख ः बालकृष्ण आचार्य (एकीकृत समाजवादी)
उपप्रमुख ः सुरज उप्रेती (नेपाली कांग्रेस)
वडा नं १– मान बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं २– लक्ष्यजित तामाङ (एकीकृत समाजवादी)
वडा नं ३– प्रकाश हमाल (नेपाली कांग्रेस)
वडा नं ४– हरि प्रसाद सुवेदी (एकीकृत समाजवादी)
वडा नं ५– विशाल भट्टराई (स्वतन्त्र)
वडा नं ६– रमेश प्रसाद आचार्य (माओवादी केन्द्र)
वडा नं ७– यदुनाथ पाठक (नेपाली कांग्रेस)
वडा नं ८– रामकृष्ण रेग्मी (माओवादी केन्द्र)
वडा नं ९– माधव प्रसाद सिलवाल (नेपाली कांग्रेस)
३. गजुरी गाउँपालिका
अध्यक्ष ः गणेशलाल श्रेष्ठ (माओवादी केन्द्र)
उपाध्यक्ष ः शर्मिला विसुराल (नेपाली कांग्रेस)
वडा नं १– तारानाथ भण्डारी (माओवादी केन्द्र)
वडा नं २– द्रोण कडेल (नेपाली कांग्रेस)
वडा नं ३– ऋषिलाल श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ४– सुरेन्द्र प्रजा (नेपाली कांग्रेस)
वडा नं ५– गोविन्द लामिछाने (माओवादी केन्द्र)
वडा नं ६– भक्त बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं ७– बद्री प्रसाद जमकट्टेल (माओवादी केन्द्र)
वडा नं ८– देवराज ओझा (माओवादी केन्द्र)
४. गल्छी गाउँपालिका
अध्यक्ष ः केदारनाथ खतिवडा (नेकपा एमाले)
उपाध्यक्ष ः भाइकाजी तिवारी (नेपाली कांग्रेस)
वडा नं १– यदुकुमार खतिवडा (नेकपा एमाले)
वडा नं २– षडानन्द खनाल (नेकपा एमाले)
वडा नं ३– राजन भुजेल (माओवादी केन्द्र)
वडा नं ४– राजु अधिकारी (नेपाली कांग्रेस)
वडा नं ५– सरोज लामा तामाङ (माओवादी केन्द्र)
वडा नं ६– दिपक कुमार कार्की (नेपाली कांग्रेस)
वडा नं ७– हरि प्रसाद खतिवडा (नेकपा एमाले)
वडा नं ८– विकास लुङ्गेली मगर (नेपाली कांग्रेस)
५. थाक्रे गाउँपालिका
अध्यक्ष ः
उपाध्यक्ष ः
वडा नं १– श्याम सुन्दर थापा (नेकपा एमाले)
वडा नं २– टिकाराम तामाङ (माओवादी केन्द्र)
वडा नं ३– विजय तामाङ (माओवादी केन्द्र)
वडा नं ४– आशाराम तामाङ (माओवादी केन्द्र)
वडा नं ५– सन्त बहादुर तामाङ (नेकपा एमाले)
वडा नं ६– हिरा बहादुर थापा (माओवादी केन्द्र)
वडा नं ७– युवराज खतिवडा (नेकपा एमाले)
वडा नं ८– प्रेम कुमार थापा (एकीकृत समाजवादी)
वडा नं ९– श्यामचन्द्र आचार्य (नेकपा एमाले)
वडा नं १०–
वडा नं ११–
६. बेनिघाट रोराङ गाउँपालिका
अध्यक्ष ः कृष्ण बहादुर थपलिया (माओवादी केन्द्र)
उपाध्यक्ष ः टाप बहादुर श्रेष्ठ (एकीकृत समाजवादी)
वडा नं १– जिवनसिंह तामाङ (नेपाली कांग्रेस)
वडा नं २– हेमराज भुजेल (माओवादी केन्द्र)
वडा नं ३– भुवन त्रिपाठी (नेकपा एमाले)
वडा नं ४– राजु बहादुर मगर (माओवादी केन्द्र)
वडा नं ५– रोशन कुमार सिलवाल (माओवादी केन्द्र)
वडा नं ६– टेकनाथ सिलवाल (माओवादी केन्द्र)
वडा नं ७– कुमार बस्नेत (माओवादी केन्द्र)
वडा नं ८– राजकुमार श्रेष्ठ (माओवादी केन्द्र)
वडा नं ९– देवी बहादुर खड्का (नेकपा एमाले)
वडा नं १०– विकास प्रजा (नेपाली कांग्रेस)
७. सिद्धलेक गाउँपालिका
अध्यक्ष ः परशुराम खतिवडा (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सविता अर्याल (एकीकृत समाजवादी)
वडा नं १– पेमा लामा (माओवादी केन्द्र)
वडा नं २– शम्भु गुरुङ (नेपाली कांग्रेस)
वडा नं ३– देव बहादुर पुलामी (नेकपा एमाले)
वडा नं ४– झक बहादुर थापा मगर (नेकपा एमाले)
वडा नं ५– बुधे घले (माओवादी केन्द्र)
वडा नं ६– सुरेन्द्र कुमार मगर (नेकपा एमाले)
वडा नं ७– सानो गिरी (नेपाली कांग्रेस)
८. ज्वालामुखी गाउँपालिका
अध्यक्ष ः यामनाथ दनै (नेपाली कांग्रेस)
उपाध्यक्ष ः धर्म बहादुर अर्याल (एकीकृत समाजवादी)
वडा नं १– कृष्ण गिरी (नेकपा एमाले)
वडा नं २– राजु लोप्पा (नेपाली कांग्रेस)
वडा नं ३– उमेश श्रेष्ठ (नेपाली कांग्रेस)
वडा नं ४– कृष्ण बहादुर गुरुङ (स्वतन्त्र)
वडा नं ५– टंक प्रसाद काप्री (नेपाली कांग्रेस)
वडा नं ६– किशोर सेढाई (नेपाली कांग्रेस)
वडा नं ७– ज्ञानेन्द्र प्रसाद खकुराल (नेपाली कांग्रेस)
९. त्रिपुरासुन्दरी गाउँपालिका
अध्यक्ष ः राजु उप्रेती (नेपाली कांग्रेस)
उपाध्यक्ष ः देवराज धरेल (माओवादी केन्द्र)
वडा नं १– भिम प्रसाद भट्ट (नेपाली कांग्रेस)
वडा नं २– कृष्ण बहादुर खत्री (नेकपा एमाले)
वडा नं ३– कमल बहादुर थापा (नेकपा एमाले)
वडा नं ४– कपिल देव सिंखडा (माओवादी केन्द्र)
वडा नं ५– कुश बहादुर सिटौला (माओवादी केन्द्र)
वडा नं ६– हरि बहादुर वि.क (माओवादी केन्द्र)
वडा नं ७– सुवास अधिकारी (माओवादी केन्द्र)
१०. गंगाजमुना गाउँपालिका
अध्यक्ष ः भक्त बहादुर लामा (नेपाली कांग्रेस)
उपाध्यक्ष ः रामेश्वर सिंखडा ( माओवादी केन्द्र)
वडा नं १– बहादुर तामाङ (माओवादी केन्द्र)
वडा नं २– बल बहादुर तामाङ (नेपाली कांग्रेस)
वडा नं ३– राज कुमार गुरुङ (नेपाली कांग्रेस)
वडा नं ४– प्रेम बहादुर घले (नेकपा एमाले)
वडा नं ५– कुमार बहादुर अधिकारी (माओवादी केन्द्र)
वडा नं ६– रमेश ढकाल (नेकपा एमाले)
वडा नं ७– रविन अधिकारी (एकीकृत समाजवादी)
११. रुवीभ्याली गाउँपालिका
#अध्यक्ष ः रामसिंह तामाङ (माओवादी केन्द्र)
#उपाध्यक्ष ः फे लामा तामाङ (नेपाली कांग्रेस)
वडा नं १– पम्बर तामाङ (नेपाली कांग्रेस)
वडा नं २– रुपा घले (एकीकृत समाजवादी)
वडा नं ३– फेदोजे तामाङ (जनता समाजवादी पार्टी)
वडा नं ४– प्रशान्त तामाङ (राप्रपा)
वडा नं ५– रम्बा तामाङ (नेपाली कांग्रेस)
वडा नं ६– समिर गुरुङ (एकीकृत समाजवादी)
१२. नेत्रावती डबजोङ गाउँपालिका
अध्यक्ष ः मेघनाथ रिजाल (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सितामाया गुरुङ (नेपाली कांग्रेस)
वडा नं १– ठाकुर गुरुङ (नेपाली कांग्रेस)
वडा नं २– मिन बहादुर तामाङ (नेपाली कांग्रेस)
वडा नं ३– सुरेश गुरुङ (नेपाली कांग्रेस)
वडा नं ४– तिल बहादुर गुरुङ (नेकपा एमाले)
वडा नं ५– हरि अधिकारी (नेपाली कांग्रेस)
१३. खनियाबास गाउँपालिका
अध्यक्ष ः रणबहादुर तामाङ (नेपाली कांग्रेस)
उपाध्यक्ष ः सेक्केमान तामाङ (माओवादी केन्द्र)
वडा नं १– सोनामा तामाङ(राप्रपा)
वडा नं २– अरुणकुमार पाख्रिन (राप्रपा)
वडा नं ३– कमानसिंह तामाङ(राप्रपा)
वडा नं ४– लिलामान तामाङ (नेपाली कांग्रेस)
वडा नं ५– रविन कुमार तामाङ (नेकपा एमाले)