थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी,धादिङमा सकियो मतगणना

623 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी भएका छन । सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा भने गठवन्धन बाट नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी भएका छन । एमालेका अम्बिका रुपाखेती भन्दा ३४० मत बढी ल्याएर थापा उपाध्यक्षमा विजयी भएका हुन ।

उपाध्यक्षमा निर्वाचित थापा २०७४ सालमा अध्यक्ष पदमा रामकुमार आचार्य संग पराजित भएका थिए ।
थांक्रेको मत परिणाम सार्वजनिक भए संगै धादिङ जिल्लाको मतगणना कार्य सम्पन्न भएको छ ।सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए । उपाध्यक्षमा भने गठवन्धन बाट नेकपा माओवादी केन्द्रका यन्त्रबहादुर थापा विजयी भएका छन । एमालेका अम्बिका रुपाखेती भन्दा ३४० मत बढी ल्याएर थापा उपाध्यक्षमा विजयी भएका हुन । उपाध्यक्षमा निर्वाचित थापा २०७४ सालमा अध्यक्ष पदमा रामकुमार आचार्य संग पराजित भएका थिए ।
थांक्रेको मत परिणाम सार्वजनिक भए संगै धादिङ जिल्लाको मतगणना कार्य सम्पन्न भएको छ ।

थाक्रेका वडा नम्बर १ मा श्यामसुन्दर थापा, वडा नम्बर २ मा टिकाराम तामाङ, वडा नम्बर ३ मा विजय तामाङ, वडा नम्बर ४ मा आसाराम तामाङ, वडा नम्बर ५ मा सन्तबहादुर तामाङ अध्यक्षमा निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर ६ मा हिराबहादुर थापा, वडा नम्बर ७ मा युवराज खतिवडा, वडा नम्बर ८ मा प्रेमकुमार थापा, वडा नम्बर ९ मा श्यामचन्द्र आचार्य, वडा नम्बर १० मा गोकुलप्रसाद लामिछाने र वडा नम्बर ११ मा शुदर्शन पाण्डे अध्यक्ष निर्वाचित भएका छन् ।