धादिङमा छुट्टाछुट्टै दुर्घटना दुई जनाको मृत्यु २१ जना घाईते

805 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३१ जेठ – मंगलबार धादिङको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने २१ जना घाईते भएका छन् ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ इजारामा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १६ जना घाईते भएका छन् ।

मंगलबार दिउँसो धादिङबेशीबाट नीलकण्ठ नगरपालिका वडा नम्बर २ जुरेथुम तर्फ जाँदै गरेको बा १८ च २८२० नम्बरको बोलेरो अनियन्त्रित भई सडकमा पल्टिंदा नीलकण्ठ नगरपालिका वडा नम्बर २ का ३३ बर्षिय प्रेम बहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाईते भएका गुरुङको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी अन्य १६ जना घाईते भएका छन् । अन्य घाईतेहरुको अवस्था सामान्य रहेको र सबैको धादिङ अस्पतालमा उपचार भईरहेको छ । बोलेरोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसै गरी नागढुंगा सुरुङमार्ग नजिकै मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बा ८२ प ५६४५ नम्बरको मोटरसाईकलमा सवार धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ का ४३ बर्षिय यामबहादुर मगर रहेका छन् । दुर्घटनामा परि निलकण्ठ नगरपालिका वडा नम्बर ८ का २३ बर्षिय गणेश श्रेष्ठ घाईते भएको इलाका प्रहरी कार्यालय खानिखोलाले जनाएको छ ।

मंगलबार दिउँसो काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ७३८६ नम्बरको मालबाहक ट्रक पछि हटेर धादिङको नौविसेबाट काठमाडौँ जाँदै गरेको बा ३ क ३४०४ नम्बरको आइचरलाई ठक्कर दिएको र सो आइचरले धादिङबेसीबाट काठमाडौँ तर्फ नै जाँदै गरेको बा प्र ०३–००१ ख ०४३८ नम्बरको ट्याङकीलाई ठक्कर दिएको थियो । एकै पटक तीन वटा सवारी ठोक्किएको स्थानमा मोटरसाईकल पनि ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यसै गरि काकड्भित्ता बाट काठमाण्डौ जांदैै गरेको बस र काठमाण्डौ बाट मुग्लिन जाँदै गरेको ट्याक्सि धादिङको थाङ्क्रे१ खयरघारिमा दुर्घटना हुदा ट्याक्सिमा सवार ४ जना घाईते भएका छन् । घाईते ४ जनालाई अम्बिभरोसा अस्पताल गल्छीमा सामान्य उपचार गरि काठमाण्डौ पठाईएको प्रहरीले जनाएको छ ।