एन्फाको उपाध्यक्षमा धादिङका दिपक खतिवडा विजयी,अध्यक्षमा पंकजविक्रम नेम्वाङ

397 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ न्यूज
धादिङ, ६ असार : अखिल नेपाल फुटबल संघ ९एन्फा० को उपाध्यक्षमा धादिङ गल्छीका दिपक खतिवडा विजयी हुनु भएको छ । खतिवडा अध्यक्षमा विजयी पंकजविक्रम नेम्वाङको समूहबाट उपाध्यक्षमा विजयी हुनुभएको हो ।

सोमबार काठमाण्डौंमा सम्पन्न भएको मतदानको मतपरिणाम अनुसार नेम्वाङ ४५ मत ल्याएर विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिस्पर्धी कर्माछिरिङ सेर्पाले ३९ मत पाउनु भएको थियो ।

एन्फाको वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्का ४४ मतका साथ विजयी हुँदा उहाँका निकटतम प्रतिद्धन्द्धी शिक्षित पराजुलीले ४० मत पाउनु भएको थियो ।

एन्फाको आगामी ४ वर्षको कार्यकालका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ प्यानलसहित चुनावी मैदानमा उत्रिएका थिए।

अध्यक्षका अर्का प्रत्याशी फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव राज पौड्याल एक्लै चुनावी मैदानमा रहनु भएको थियो ।

अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको थियो।

एन्फाको जारी साधारणसभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य छान्नेछ। खतिवडाएन्फा धादिङको पूर्व अध्यक्ष एवम राष्ट्रिय युवा संघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।