गल्छी गाउँपालिकाको गाउँसभा सम्पन्न

419 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र सरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को व्यवस्थाअनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र बजेट ल्याइसक्नु पर्ने कानुनी व्यवस्था  अनुसार असार ९ गते सम्ममा धादिङको नीलकण्ठ, नेत्रावती डवजोङ र गल्छी गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम र वजेट ल्याएका छन् । धादिङको गल्छी गाउँपालिकाले बिहीवार आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिकिकरण गरेको छ । गाउँसभा मार्फत  ८४ करोड ९२ लाख २७ हजार रुपैयाको बजेट विनियोजन गरिएको छ । गाउँ सभामा आर्थिक बर्ष २०७९/८० को वजेट गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले पढेर सुनाउनु भएको थियो । ।वजेट बक्तव्य घोषणा गर्नु अघि गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।


गाउँसभाले आगामी आर्थिक बर्षको लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्र्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति, लैङ्गिक तथा सामाजिक समावेशीकरण, वातावरण तथा विपद व्यवस्थापन लगायतका शिर्षकमा बजेट विनियोजन गरिएको छ ।

गाउँसभाले प्रशासनिक खर्चका लागि रु। १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा सेवा,स्वस्थ्य सेवा,कृषि शाखा,पशु सेवा तर्फका कर्मचारुहरु तथा शिक्षमहरुको पारिश्रमिक खर्च र विकाससात्मक क्रियाकलापहरुका लागि रु। २० करोड ४५ लाख ५८ हजार बजेट विनियोजन गरिएको छ । विशेष र समपुरक योजना तथा कार्यक्रमका लागि रु। १२ करोड ८० लाख बजेट विनियोजन गरिएको छ। विषयगत योजना तथा कार्यक्रमका लागि रु। ११ करोड ४४ लाख ३१ हजार रकम विनियोजन गरिएको छ । वडा स्तरिय योजना तथा कार्यक्रमका लागि रु। ६ करोड बजेट विनियोजने उपाध्यक्ष तिवारी गाउँसभामा प्रस्तुत गर्नु भएको छ ।

गाउँसभामा बजेट प्रस्तुत गर्नु हुँदै उपाध्यक्ष तिवारीले ६० वर्ष पु भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्न रु। २ लाख ८० हजार रकम बजेट विनियोजन गरिएको बताएका छन् ।
गाउँ सभाले जनताको आयस्रोत बृद्धि, सडक निर्माण, खाद्य सुरक्षा, स्वाच्छ खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, पूर्वाधार विकास र सुशासनलाई मुख्य आधार मानेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गरेको छ ।