सुरक्षित आवास गृहमा रहेका बालिकालाई हेफरको सहयोग

447 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- हेफर ईन्टरनेशनल नेपालले सुरक्षित आवास गृहमा रहेका बालिकाहरूलाई बिद्यालय ड्रेस, ब्याग, स्टेशनरि सहयोग गरेको छ । सहयात्री समाज नेपालले धादिङबेसीमा संचालन गरेको सेफ हाउसमा रहेका ५ जना बालिकाहरूलाई सहयोग गरेको हो । विभिन्न हिंसामा परि सेफ हाउसमा रहेका बालिकाहरूको शिक्षाको लागि केही सहयोग पुगोस भनेर थोरै भएपनि सामानहरु दिईएको हेफर नेपालका कार्यक्रम अधिकृत कृष्ण कट्टेलले बताउनु भयो ।

हेफर नेपालले आफ्ना कर्मचारिहरूबाट मासिक रूपमा पाउने पारिश्रमिकको केहि रकम गर्ल चाईल्ड फन्डमा जम्मा गर्ने गरेको छ र सो फन्डबाट बिपन्न , गरिब , टुहुरा वा समस्यामा परेका बालिकाहरूलाई शिक्षामा सहयोग गर्दै आएको जनाएको छ । यो बर्ष देशभर ३८५ बालिकाहरूलाई शैक्षिक सहयोग गरेको हेफर नेपालका सह निर्देशक डक्टर केशव शाहले बताउनु भयो । एकजना बालिकालाई ८ हजार बराबरको कपडा ब्याग , स्टेशनरी आदि सहयोग गर्ने गरेको संस्थाले जनाएको छ ।