धादिङको रुवीभ्यालीमा पुग्यो बैंक

455 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ असार – प्रत्येक गाउँपालिका केन्द्रमा एउटा वाणिज्य बैंक पु¥याउने सरकारको लक्ष्य अनुसार बैंक पुग्न नसकेको बागमती प्रदेशकै एक मात्र गाउँपालिका धादिङको रुवीभ्यालीमा आईतबार बाट बैंकिङ सेवा सुरुवात भएको छ । बैंक अफ काठमाडौले गाउँपालिका केन्द्र रहेको सेर्तुङमा शाखा विस्तार गरेर सेवा दिन थालेपछि रुवीभ्यालीमा बैंक पुगेको हो ।

रुवीभ्याली गाउँपालिकाका अध्यक्ष राम सिंह तामाङले खाता खोलेर आईतबार बैंकको सेवा सुरुवात गर्नु भएको छ । रुवीभ्याली संगै अब वागमती प्रदेशको सबै स्थानिय तहमा बैंक सेवा पुगेको छ ।
जिल्लाकै सबैभन्दा विकटमा रहेको हिमाली बस्ती रुवी भ्यालिमा बैंक पुगेपछि गाउँपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता,योजना भुक्तानी, शिक्षक, कर्मचारी तलव तथा अन्य किसिमका भुक्तानी लिन सदरमुकाम धादिङबेसी झर्नु पर्ने बाध्यता अन्त्य भएको गाउँपालिका अध्यक्ष तामाङले बताउनुभयो ।

नयाँ आर्थिक वर्षबाट गाउँपालिकाको सम्पुर्ण आर्थिक कारोबार बैंक अफ काठमाडौबाट गरिने गउँपालिकाले जनाएको छ । गाउँमै बैंक सेवा सुरु भएसँगै स्थानीयहरुमा पनि खुसी छाएको छ । गाउँमा बैंक नहुंदा सामान्य बैंकिङ सेवाका लागि सदरमुकाम आउनुपर्दा प्रतिव्यक्ति ५ हजार रुपैयाँ सम्म खर्च हुने गरेको स्थानीय बताउँछन् ।
जिल्लाको अन्य १२ स्थानीय तहमा बैंक पुगेपनि रुवीभ्यालीमा भने पुग्न सकेको थिएन ।