पेस्तोल सहित अक्थलीबाट २ जना पक्राउ
317 पटक पढिएको

धादिङ- धादिङको खनियाबास गाउँपालिका वडा नम्बर २ अक्थली बाट अबैध पेस्तोल सहित दुई जना पक्राउ परेका छन् ।
अक्थलीका परशुराम तामाङको घरमा डेरामा लिई बस्ने झार्लाङ घर भएका बर्ष २५ को सुनिल तामाङ र अविनाश तामाङ म्याग्जिन सहितको पेस्तोल एक थान,खुकुरी एक थान र मोबाईल सेट तीन थान सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
अवैध रुपमा हातहतियार पेस्तोल लुकाई छिपाई राखेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाको कमाण्डमा गएको अनुसन्धान टोलीले असार १३ गते विहान ३ वजेको समयमा शंकास्पद कोठामा छापा मार्दा ती सामान फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धादिङको हिरासतमा राखी अनुसन्धान भईरहेको वताईएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७९, १३ असार सोमबार २१:०५ मा प्रकाशित