वामदेव गौतमको पार्टीमा धादिङबाट तीन केन्द्रिय सदस्य

437 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौँ, १४ असार  । नेकपा एमाले विभाजनपछि नेकपा राष्ट्रिय एकता अभियान सञ्चालन गर्दै आएका नेता वामदेव गौतमले पाँचवटा दलसँग मिलेर  नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका नामको नयाँ पार्टीको गठन गरेका छन् ।

वामदेव संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) पार्टीमा ६९ जनाको केन्द्रीय समिति रहेको छ । केन्द्रिय समितिमा धादिङका गीता थापा, अप्सरा उप्रेती र शोभा पाठक  परेका छन् ।

वामदेवले समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आमनेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूहलाई आबद्ध गराउँदै नयाँ दल गठन गरेका हुन्।

पार्टीको संयोजकमा गौतम, सचिवमा डीबी कार्की, प्रचार विभागमा नीमकान्त पाण्डे रहेका छन्।