बामदेवको पार्टीमा मेरो संलग्नता छैन, म एमालेमै छु – अप्सरा उप्रेती

575 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १४ असार । नेकपा एमाले धादिङ जिल्ला कमिटी सदस्य अप्सरा उप्रेतीले आफ्नो नाम वामदेव गौतम नेतृत्वको पार्टीमा राखेकोमा आपत्ति जनाउनु भएको छ । उप्रेतीले वक्तव्य जारी गर्दै आंफु कथित एकता अभियानसँग संलग्न नरहेको बताउनु भएको हो ।

गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय पार्टीको केन्द्रीय सदस्यमा नाम राखिएकोमा उप्रेतीले असहमति जनाउनु भएको छ । आफूलाई बदनाम गराउने उद्देश्यले उक्त पार्टीको केन्द्रीय समितिमा कसैले नाम राखिदिएको उप्रेतीको आरोप छ ।

उप्रेतीले वक्तव्यमा भन्नु भएको छ , ‘मेरो नाम उक्त पार्टीमा कसरी आयो भन्ने कुरा मलाईसमेत थाहा छैन । म हिजो पनि नेकपा एमालेको जिम्मेवार नेतृ हो र आज पनि नेकपा एमालेकै नेतृ हो । कसैले नियोजित रुपमा मेरो नाम दुरुपयोग गरेर फसाइएको छ । नेकपा एमालेका आम नेता–कार्यकर्ताहरुमा यो जानकारी गराउन चाहन्छु ।’

गौतमको पार्टीको केन्द्रीय समितिको ६६ औं नम्बरमा उप्रेतीको नाम रहेको छ । उप्रेती संगै धादिङका गिता थापा र शोभा पाठकको नाम पनि केन्द्रिय सदस्यमा रहेको छ ।