मदिराले लठ्ठ वडा अध्यक्ष रेग्मीले धम्क्याए ट्राफिक प्रहरीलाई

446 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३१ असार – धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रामकृष्ण रेग्मीले आफ्नो पदीय मर्यादा भुल्दै मदिराको तालमा ट्राफिक प्रहरीलाई धम्क्याएका छन् ।

अत्याधिक मदिरा सेवन गरेर मोटरसाईकल चलाएको अवस्थामा वडा अध्यक्ष रेग्र्मीलाई प्रहरीले नियन्त्रणमा लिएपछि उनले शक्तिकेन्द्रको हवालादिंदै ट्राफिक प्रहरीलाई कुट्ने धम्कि दिएका हुन् ।

वडा अध्यक्ष भएपछि सुविधामा पाएको सरकारी मोटरसाइल चढेर काठमाण्डौंबाट धादिङको धुनिबेसी तर्फ आउँदै गर्दा शुक्रवार विहान नागढुंगा नजिकै पिपलमोडमा रेग्मी चेकिङ्गमा परेका थिए । बा२ब ९४२३ नम्वरको सरकारी मोटरसाइलमा आएका रेग्मीले मदिरा सेवन गरेको आशंकामा प्रहरीले ब्रेथलाईजरबाट परिक्षण गर्न खोज्दा इन्कार गर्दै उल्टै रेग्मील प्रहरीलाई धम्क्याएको भिडियो सार्वजनिक भएको छ ।


सामाजिक सञ्जालमा भाईरल भएको भिडियोमा वडा अध्यक्ष रेग्मीले आफु धुनिवेशी नगरपालिका वडा नंम्बर ८ को दोस्रो कार्यकालको अध्यक्षमा जनताले चुनाएर पठाएको भन्दै प्रहरीलाई धम्क्याएको देखिन्छ । रेग्मीले भनेका छन, आंफुसंग ठूलो शक्ति भएकोले कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरी असई शैलेन्द्र चौधरीलाई पड्काउने धम्की दिएको भिडियोमा स्पष्ट देख्न र सुन्न सकिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
एकिकृत नेकपा माओवादीको तर्फबाट धुनिवेशी नगरपालिका वडा नम्वर ८ मा दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका रेग्मी यस अघि पनि मापसे गरेर मोटरसाईकल चलाएको तथा अन्य अभद्र गतिविधिमा संलग्न रहँदै आएको आरोप छ ।

मापसे गरेर सवारी चलाएको अबस्थामा धुनिवेशी नगरपालिका वडा नं. ८ का रामकृष्ण रेग्मीलाई तत्काल नियन्त्रणमा लिएर ट्राफिक नियम अनुसार कार्वाही गरिएको नागढुङ्गा ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक टाप वहादुर क्षेत्रीले जानकारी दिनुभयो ।