नीलकण्ठ ४ मा पहिरोले घर पुरिंदा एक जनाको मृत्यु

473 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १० श्रावण – सोमबार राती देखिको अविरल बर्षाका कारण सदरमुकाम धादिङवेसी आसपासको क्षेत्रमा बाढी,पहिरो पछि जनधनको क्षती हुन पुगेको छ ।


जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार नीलकण्ठ नगरपालिका वडा नंम्बर ४ रानागाँउ बस्ने जितेन्द्र राना मगरको श्रीमती बर्ष २४ की शर्मिला राना मगरको पहिरोमा परेर ज्यान गएको छ । राती १ वजे तिर आफ्नै घरमा सुतिरहेको अवस्थामा पहिराले घर पुरिंदा शर्मिलाको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक शर्मिला सिद्धलेक गाउँपालिकाको गौथलेमा रहेको बिद्यालयकी शिक्षिका हुन । बर्षे विदा पछि बिद्यालयबाट घर आएको वेला पहिरोमा परेर उनको ज्यान गएको हो ।


घटनाको जानकारी आउना साथ जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाको नेत्तृत्वमा नेपाल प्रहरी ,नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरुको संयुक्त उद्धार टोलीले उद्धार शुरु गरेको भएपनि शर्मिलालाई जिवितै भेट्न नसकिएको प्रहरीले जनाएको छ ।
धादिङबेसीको छेवैमा रहेको अरुन खोलामा बाढी आउँदा सदरमुकाम क्षेत्रमा ठूलो क्षती पु¥याएको छ । बाढीले धादिङबेसी त्रिबेणीचोक नजिकै रहेको टंकेश्वर इन्टरप्राईजेजको हार्डवेयर गोदाम बगाएँदा २ करोड बराबरको क्षती पुगेको संचालकले वताएका छन् ।
टंकेश्वरका संचालक तिलक ढुंगानाका अनुसार ३ ट्रक जस्तापाताका साथै, कार्यालयमा रहेको दराज, कम्प्यूटर, फर्निचर समेत बाढीले बगाएको छ । अरुन खोलामा बाढी आएपछि यसै गरी खोला छेउमा वनाईएका दर्जनौ घरमा भलबाढी पस्नुका साथै पर्खाल भत्कने र अन्य संरचना बगाएर क्षती पुगेको छ ।