धादिङमा नेकपा एस र माओवादीका नेता एमाले प्रवेश

280 पटक पढिएको

प्रकाशित मिति: २०७९, १५ श्रावण आईतवार १७:१६

सम्पादक: धादिङ न्यूज

 

 

 

धादिङ । नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेशले तरंग ल्याएको छ ।

नेकपा एस धादिङ जिल्ला सचिवालय सदस्य अर्जुन अर्याल, रामप्रसाद सिलवाल, जिल्ला कमिटी सदस्य कुमार तामाङ र युवा संघ (समाजवादी)का केन्द्रीय सचिव प्रज्ज्वल तामाङ आईतबार एमालेमा प्रवेश गरेका छन् । अर्जुन र रामप्रसाद ज्वालामुखी गाउँपालिकाका निवर्तमान वडाध्यक्ष समेत हुन् ।

यसैगरी नेकपा माओवादी केन्द्र धादिङ जिल्ला सचिवालय सदस्य होमबहादुर ढकाल पनि एमालेमा प्रवेश गरेका छन् ।

आईतबार धादिङबेशीमा आयोजित कार्यक्रममा एमालेका केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्प कँडेल, नेकपा एमाले वागमती ईन्चार्ज काशीनाथ अधिकारी, केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज खेम लोहनी, सह इन्चार्ज जानुका सिम्खडा, केन्द्रिय सल्लाहकार सदस्य जगन्नाथ नेपाल लगायतका नेता एस र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका हुन ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७९, १५ श्रावण आईतवार १७:१६ मा प्रकाशित