जग्गा धितो राखेर पाउने ऋणमा नयाँ निति

317 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 काठमाडौं । जग्गा धितोमा राखेर पाउने ऋणमा राष्ट्र बैंकले नयाँ निति ल्याएको छ । विहीवारबाट लागू हुने निती अनुसार घरजग्गा धितोबाट पाइने ऋणको सीमा काठमाडौं उपत्यकाका लागि ३० प्रतिशत र बाहिरका लागि ४० प्रतिशतको व्यवस्था नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख गरेर कार्यान्वयनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गर्दै घरजग्गा धितो राखी नयाँ कर्जा प्रवाह गर्दा, थप कर्जा दिदा वा कर्जा नविकरण गर्दा काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र काठमाडौ उपत्यकाबाहिर बढीमा ४० प्रतिशतसम्म कायम गर्नुपर्नेछ । यसअघि यस्तो अनुपात काठमाडौ उपत्यकाको हकमा ४० प्रतिशत र अन्यको हकमा ५० प्रतिशत थियो । एक बर्ष देखि बैंकहरुबाट ऋण प्रवाह रोकिंदै आएको छ । नयाँ नितीले अव ऋण लिन खोज्नेहरु झनै प्रभावित हुने छन ।