चुनावी कार्यतालिका सार्वजनिक,असोज २३ मा हुने भो उम्मेदवारी दर्ता

409 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ साउन – प्रतिनिधि र प्रदेशसभाको लागि आगामी निर्वाचनको कार्यतालिका निर्वाचन आयोगबाट स्वीकृत भएको छ ।

मंसिर ४ गते तय भएको उक्त निर्वाचनका लागि निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगबाट स्विकृत कार्यतालिका नेपाल राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ ।

स्विकृत कार्यक्रम अनुसार प्रत्यक्षतर्फ १ सय ६५ प्रतिनिधि सभा तथा ३ सय ३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ ।

आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।

यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । त्यसमध्ये केही कार्यक्रम आवश्यकता अनुसार परिवर्तन समेत हुन सक्नेछन् ।

निर्वाचनका लागि दल दर्ता भने साउन २२ गतेदेखि नै सुरु भईसकेको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ ।

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।