धादिङ २ मा संघीय निर्वाचन क्षेत्र रणनैतिक सडक पुनः शिलान्यास दुई बर्ष अघि शिलान्यास भएको सडक पुनः शिलान्यास रहर कि वाध्यता

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– दुई बर्ष अघिनै शिलान्यास भई निर्माण कार्य अघि बढेर कालोपत्रे हुन लागेको सडकको वागमती प्रदेश सभाका सांसद जगत सिम्खडाले चर्चाका लागि पुनः शिलान्यास गरेको खुलेको छ ।
एक निर्वाचन क्षेत्रमा एउटा सडक निर्माण गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सिमबेसी गोलाङ आगिञ्चोक बेलुङभञ्ज्याङ हुंदै गंगाजमुनाको फुलखर्क गुम्दी हुंदैे रि जोड्ने संघीय सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमलाई प्रदेश सांसद सिम्खडाले बुधवार शिलान्यास गरेको भन्दै सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा समाचार आएको थियो ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभरका १६५ रणनीतिक सडकको २०७७ चैत २१ गते एकै साथ भर्चुअल शिलान्यास गरेका थिए । केपि ओलीको सरकारले अघि सारेको निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्र्तगत निर्माण भईरहेको सडकलाई प्रदेश सभा सांसद सिम्खडाले आफ्नो पहलमा भएको काम भन्दै जस लिन पुनःशिलान्यास गरेर चर्चामा आउन खोजेका हुन । संघीय सांसद खेम प्रसाद लोहनीको सिफारिसमा परेर निर्माण अघि बढिरहेको योजनालाई प्रदेश सांसद सिम्खडाले विकासकामा आफ्नो पहल देखाउन पुनः शिलान्यास गरेका हुन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गत यस सडकको निर्माण तथा पहिलो चरणमा ७ किलोमिटर खण्ड कालोपत्रे गर्नका लागि गौरी पार्वती त्रिपुरासुन्दरी अम्बुजा जेभीले ठेक्का लिएर काम गरिरहेको छ ।

तत्कालिन सरकारले ३ वर्षभित्र देशभरीका २२ सय १० किलोमिटर कालोपत्रे सडक बनाउने लक्ष्यका साथ अघि बढिरहेको योजनाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ५७ अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरेको थियो ।

निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रम अन्तर्गत धादिङ लगायत १३ वटा हिमाली जिल्लाको निर्वाचन क्षेत्रमा ६० करोड रुपैयाँ, एक निर्वाचन क्षेत्र भएका २२ पहाडी जिल्लाको निर्वाचन क्षेत्रमा ४० करोड रुपैयाँ, २ वटा निर्वाचन क्षेत्र भएका २१ जिल्लालाई ४० करोड रुपैयाँ, ३ वा ३ भन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लालाई २५ करोड रुपैयाँ र काठमाडौं जिल्लाका १० निर्वाचन क्षेत्रलाई २० करोडका दरले बजेट विनियोजन गरिएको धादिङ निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य खेम लोहनी बताउनुहुन्छ ।

प्रदेश सांसद सिम्खडाले दोहो¥यार शिलान्यास गरेको सडक निर्वाचन क्षेत्र रणनैतिक सडक योजना अन्र्तगत धादिङ निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद खेम लोहनीको सिफारिसमा परेको सडक हो । त्रिपुरासुन्दरीको सिमबेसी देखि साढें ७ किलोमिटर सडक २७ करोड ३० लाखमा कालोपत्र हुने भएपछि यस्को जस लिन प्रदेश सांसद सिम्खडाले शिलान्यासको नाटक मञ्चन गर्नु भएको संघीय सांसद खेम लोहनीको बुझाई छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक स्विच अन गरेर १६५ वटा सडकको भर्चुअल शिलान्यास गरेको बिषय निकै चर्चामा आएको थियो ।

ओलीले बालुवाटारस्थित प्रधानमन्त्री निवासबाटै रणनीतिक सडक विस्तार कार्यक्रमअन्तर्गत १६५ वटा निर्वाचन क्षेत्रमा सडकको शिलान्यास गरेका थिए । प्रधानमन्त्रीले एउटा विधिबाट शिलान्यास गरेको सडक प्रदेश सांसदले पुन : शिलान्यास गर्नु भनेको सस्तो लोकप्रियताका लागि गरिएको हल्लाखल्ला मात्रै भएको नेकपा एमालेका जिल्ला कमिटी सदस्य नेत्रप्रसाद नेपाल बताउनुहुन्छ । एउटा विधिबाट शिलान्यास भईसकेको सडक पुनः शिलान्यास भयो भन्नु सरासर झुटको खेती भएको नेपालको आरोप छ ।

निर्वाचनको घोषणा भईसकेपछि प्रदेश सांसदले जनतालाई भ्रममा पार्न संघीय सरकारको कार्यक्रमलाई आफ्नो पहलमा भएको भन्दै प्रचार प्रसार गर्न खोजिएको देखिन्छ । उत्तरी धादिङका विकट बस्ती सम्म सहज सडक सञ्जाल पु¥याई बाह्रै महिना मोटर चल्न सक्ने बनाउन निर्माण गर्न शुरु गरिएको निर्वाचन क्षेत्र रणनैतिक सडक कार्यक्रम अन्र्तगत आंफूले छानेको सडकबाट आम जनताले प्रत्यक्ष लाभ लिन सक्ने भएपछि प्रपोगाण्डा शुरु गरिएको संघीय सांसद लोहनीको बुझाई छ ।