डाक्टर नवराज लम्सालको कविता संग्रह अग्निलाई २०७८ सालको मदन पुरस्कार

420 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

धादिङ । २०७८ सालको मदन पुरस्कार धादिङ ज्यामरुङ घर भई रेडियो नेपालमा कार्यरत पत्रकार तथा साहित्यकार,डा. नवराज लम्सालको कविता संग्रह अग्निले पाएको छ । मदन पुरस्कार गुठीको साधारण सभाले अग्निलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । यस्तै, २०७८ सालको जगदम्बा(श्री पुरस्कार बनारसबाट प्रकाशित ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठले पाएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो ।

दुवै पुरस्कारको राशी जनही ४ लाख रुपैयाँको छ । दुवै पुरस्कार घटस्थापनाको भोलिपल्ट प्रदान गरिने छ ।