असोज १६ गते सम्म बन्दसूची संशोधन गर्न दलहरुलाई समय असोज ३ गते भित्र अन्तिम नामावली बुझाउन समय

385 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले असोज ३ गते भित्र अन्तिम नामावली बुझाउन समय दिएको छ । वन्ददूचीमाबुझाएको उम्मेदवारको बन्दसूची बुझाएको नामसंशोधन गर्न दलहरुलाई सात दिनको समय दिने निर्वाचन आयोगले निर्णय गरेको छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेद्वारा भदौ २६ गते आइतबार जारी गरेको विज्ञप्तिमा सो जानकारी दिईएको हो ।

निर्वाचन आयोगले बन्दसूची संशोधन गरी पेश गर्न असोज १० देखि १६ गतेसम्मको समय निर्धारण गरेको छ । उम्मेदवारको बन्दसूची आगामी असोज २ देखि ३ गतेसम्म बुझाउने समय निर्धारण गरी आयोगले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ । प्रवक्ता वाग्लेका अनुसार बन्दसूची छानविन गरी दलहरुलाई सच्याउने समय पनि प्रदान गरिएको छ । असोज ४ देखि ९ गतेसम्म बन्दसूची सच्याउने समय दिने निर्णय आयोगले गरेको वाग्लेले जानकारी दिनुभयो ।

“कानूनी व्यवस्था तथा निर्वाचन कार्यक्रम बमोजिम राजनीतिक दलहरुले २०७९-०६-०२ र ०६-०३ मा उम्मेदवारको बन्दसूची पेश गर्दा आवश्यक कागजातहरु संलग्न राखी सम्बन्धित कानूनी व्यवस्था बमोजिमको संख्यामा समानुपातिक समावेशी सिद्धान्त बमोजिम प्रतिनिधित्व हुनेगरी उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने छ” प्रवक्ता वाग्लेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बन्दसूची पेश गर्दा नियमावली तथा निर्देशिकामा उल्लेख भएबमोजिमको विधि, प्रक्रिया पूरा नभएको वा संलग्न गर्नुपर्ने कागजात संलग्न नभएको अवस्थामा त्यस्तो बन्दसूची दर्ता नहुने पनि प्रवक्ता वाग्लेले प्रष्ट पार्नुभएको छ । तोकिएको व्यवस्था बमोजिम प्रक्रिया पूरा गरी बन्दसूची पेश गर्न उहाँले राजनीतिक दललाई अनुरोध गर्नुभएको छ ।