नेपाली काँग्रेस धादिङका दुई नेताले छाडे पार्टी

542 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,३० भदौ –  चुनावको मुखैमा आएर नेपाली काँग्रेस धादिङका दुई नेताले पार्टी परित्याग गरी अर्को पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला सभापतिको नेत्तृत्व सम्हाल्न पुगेका छन् ।

चुनावको मिति घोषणा भएर उम्मेदवार छनौटका लागि प्रकृया शुरु भईसकेपछि पार्टी छाड्नेमा महिला नेत्तृ कल्पना अधिकारी र बलवहादुर इटनी रहेका छन् । काँग्रेस छाडेका दुवै जना फरक फरक पार्टीको केन्द्रिय सदस्य एवम जिल्ला सभापतिमा मनोनीत भएका छन् ।

नेपाली काँग्रेसबाट विद्रोह गरी गत स्थानीय निर्वाचनमा धादिङको नीलकण्ठ नगरपालिकाको उपमेयर पदमा गठवन्धन बिरुद्ध चुनाव लडेपछि काँग्रेसको कुनै जिम्मेवारीमा नरहेकी अधिकारी नेपाली काँग्रेस विपीको केन्द्रिय सदस्य एवम जिल्ला सभापतिमा मनोनित हुनु भएको छ । यसै गरी नेपाली कांग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनी पनि राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गरि सो पार्टीको केन्दिूय सदस्य एवम जिल्ला अध्यक्षमा मनोनित हुनु भएको छ ।
महिला नेत्तृ अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर नेपाली काँग्रेस छाड्नु पर्नाको बारेमा स्पष्ट पार्नु भएको छ । अधिकारीले आफ्नो फेसबुक वालमा लेख्नु भएको छ ।
‘आदरणीय मेरा मान्यजन एवं शुभचिन्तक साथीहरुमा हार्दिक जयनेपाल ।
हिजोदेखि आजसम्म पनि अत्यन्त माया र श्रद्धा गर्नुहुने तमाम राजनिति यात्राका मेरा श्रदेय अभिभावक ज्युहरुमा हृदय देखि हार्दिक नमन् अर्पण गर्दछु । मैले लिएको निर्णयले कसैलाई घाटा र नाफाको आभास हुन्छ भन्ने ठानेकी छैन ‘‘बरु नेपाली काँग्रेसका निष्ठावान कार्यकर्ता एवं लामो समय देखि आफ्नो उर्जाशील उमेर नेपाली काँग्रेसमा समर्पण गर्दापनि सम्मान पाउन नसकि पीडा बोध गरि बस्नुहुने अग्रज एवं राजनितिबाट जनस्तर सुधार गर्छु भनि अग्रसर हुनुहुने युवा तथा महिला साथीहरुलाई वी।पी काग्रेसले सम्मान गर्नेछ भन्ने विस्वास दिलाउन चाहान्छु । साथीहरु नेपाली काँग्रेस पार्टी वर्तमान अवस्थामा दिग्भ्रमित भएको छ । त्यसलाई सुधार गराउन कार्यकर्ताको भावनाको कदर गर्न प्रजातन्र , लोकतन्र समाजवादको रक्षाको खातिर मैले पनि वीपी मार्ग रोजेकी हुँ’’ अन्यथा अवसर त अन्य पार्टी ले पनि नदिएको होइन ,त्यो आफ्नो ठाउँमा छ ।

पद र प्रतिष्ठा भन्दा पनि निति, विधि, विधान पद्धति ,निष्ठा बेचेको कसरी टुलुटुलु हेरेर बस्न सकिन्छ ? पार्र्टी भित्र गठबन्धनका नाममा टिकटको मोलमोलाउ भागवण्डा चरम भ्रष्टाचार मौलाएको देख्दा कुनचाहि कार्यकर्ताको मन नरोलात ? तसर्थ बदनामी पार्टीमा रहेर आफूलाई ठुलो मान्छे बनेको आभाष गुर्नभन्दा बरु इमान्दार पुर्वक सानो ठाउँमा रहेर जनतालाई राहात दिलाउन सक्नु ठिक हो भन्ने संझिएकी छु । आफूले टेकेको जमिन भासिन लागेपछि त्यसको रक्षा गर्नु धर्म हुनेछ र म मरेपनि या असक्त भएँ भनेपनि समग्र ,बीपीको विचार सिद्धांत नमरोस
। यहि शुभेच्छा समग्र काँग्रेसी जन तथा समग्र जनता जनार्दनमा राख्न चाहान्छु ।

धादिङ न्यूज संग कुरा गर्दै अधिकारीले भन्नु भयो ‘ नेपाली काँग्रेस पछिल्लो समय पार्टीको निति सिद्धान्तलाई छाडेर अरुको भ¥याङ बन्न पुगेकाले विपिको आदर्श बिचारलाई जोगाई राख्न नेपाली काँग्रेस विपिको स्थापना भएकाले आंफु अब सोही पार्टीमा जोडिन पुगेको बताउनु भयो ।
केही दिन भित्र जिल्लामा बृहत भेलाको आयोजना गरी पार्टीको जिल्ला कार्य समिति र अन्य संरचनाको घोषणा गर्ने गरी तयारी भईरहेको पनि नेत्तृ अधिकारीले जानकारी दिनु भयो ।
अधिकारीले पुरानो पार्टी त्यागेर नयाँ पार्टीको जिम्मेवारी पाएपछि पक्ष विपक्षमा सामाजिक सञ्जालमा प्रतिकृयाहरु आईरहेका छन् ।
नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधि तथा ट्रेड युनियन काँग्रेसको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अधिकारीले गत निर्वाचनमा नीलकण्ठ नगरपालिकामा नेपाली काँग्रेसबाट उपमेयरको दावी गर्नु भएको थियो । २०७४ को स्थानीय निर्वाचनमा पनि उपमेयरमा दावी गरेकी अधिकारीलाई पार्टीले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेपछि उम्मेदवारी फिर्ता गराएको थियो । २०७४ मा जस्तै २०७९ मा पनि काँग्रेस र माओवादी मिलेर चुनाव लडेपछि अधिकारीले विद्रोह गर्दे उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लड्नु भएको थियो ।
यसै गरी नेपाली कांग्रेस धादिङको क्षेत्र नम्बर १ प्रदेश (ख) का सचिव बलबहादुर इटनी पनि राष्ट्रिय नागरिक पार्टीमा प्रवेश गर्नु भएको छ ।

गत स्थानीय तहको चुनावमा सिद्धलेक गाउँपालिका वडा नम्बर १ को अध्यक्षका आकांक्षी रहेपनि उक्त वडा गठबन्धनका तर्फबाट माओवादी केन्द्रलाई दिईएको थियो ।
पार्टी प्रवेस सँगै इटनीलाई राष्ट्रिय नागरिक पार्टीले केन्द्रिय सदस्यमा मनोनित गरि धादिङ संयोजकको जिम्मेवारी दिएको छ । अधिकारी र इटनीको विद्रोहले नेपाली काँग्रेस धादिङलाई कति असर पु¥याउँछ त्यस्को अड्कलवाजी शुरु भएको छ ।