गजुरीमा बसको ठक्करबाट बिद्यार्थीको मृत्यु

260 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ६ असोज – धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजार स्थित पृथ्वीराजमार्गमा बसको ठक्करबाट एक स्कुले बिद्यार्थीको ज्यानको छ ।

गोरखा बाट  काठमाडौका लागि छुटेको ग १ ख ४५६५ नम्बरको यात्रु बसको ठक्करले आदर्श माविमा अध्ययनरत स्थानीय ६ वर्षीय विजय परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । घरबाट  बिद्यालय जाँदै गरेका परियारलाई बिहान ९.४५ वजे तिर जेव्रा क्रसबाट सडक पार गर्ने क्रममा बसले ठक्कर दिएर ज्यान गएको हो ।

घटनापछि आक्रोशित भएका स्थानीय र बिद्यार्थीले ठक्कर दिने बसमा तोडफोड आगजनी गरेका थिए । आक्रोशित भिडले सडक अवरुद्ध पारेर विरोध जनाएको थियो । स्थानीयको अवरोध पछि पृथ्वीराजमार्गको गजुरी हुँदै गुड्ने सवारी अपरान्ह सम्म पनि गजुरी आसपासमै रोकिएका छन् । सडक खुलाउन पहल भैरहेको प्रहरीले जनाएको छ ।

गजुरीमा लाग्ने भीड कम गर्न प्रहरीले राजमार्गका ठाउँ ठाउँमा सवारी रोकेका छन् । बसमा लगाएको आगो धुनिबेसीबाट गएको दमकलले नियन्त्रणमा लिएको छ । अबरुद्ध सडक खुलाउन प्रहरीले भिड हटाउन खोज्दा आक्रोशति भिडले प्रहरी माथि नै ढुंगामुढा गरेका थिए ।
घटनास्थलमा थप भीड बड्न नदिन प्रहरीले काठमाडौतर्फको गल्छी बजार र मुग्लिनतर्फको बेनिघाट क्षेत्रमा सवारी रोकेको छ । सयौं सवारी जाममा परेका छन् । एम्बुलेन्स लाई भने प्रहरीले स्र्कटिङ गरेर पास गराइरहेको छ ।