प्रतिनिधि सभा र प्रदेश सभामा धादिङमा एमालेले कस्लाई दियो टिकट

323 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा एमालेले धादिङमा उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधि सभामा पुरानै अनुहार दोहोरिएका छन् भने प्रदेशमा केही नयाँ अनुहारले मौका पाएका छन् ।
प्रतिनिधिसभामा क्षेत्र नम्बर १ मा भूमी प्रसाद त्रिपाठी र क्षेत्र नम्बर २ मा खेम लोहनी दोहोरिएका छन् भने युवा संघका पूर्व महासचिव रमेश आचार्यले क्षेत्र नम्बर १ को क बाट प्रदेशमा टिकट पाएका छन् । यो ठाउँमा नेत्रराज पौडेलको चर्चा थियो । २०७४ को निर्वाचनमा पनि राजेन्द्र पाण्डेले अन्तिम समयमा पौडेलको टिकट खोसेका थिए यस पटक पनि पौडेलले टिकट पाएनन् ।
क्षेत्र नम्बर १ को ख क्षेत्रको प्रदेश सभामा नयाँ अनुहार अघि सारिएको छ । केपि ओली प्रधानमन्त्री हुँदाको समयमा प्रधानमन्त्रीको विकास बिज्ञका रुपमा काम गरेका गजेन्द्र थपलियालाई प्रदेश सभामा उम्मेदवार बनाउने निर्णय नेकपा एमालेले गरेको छ ।
त्यसै गरी क्षेत्र नम्बर २ का क मा यस अघिका प्रदेश सभा सदस्य एवम पूर्व मन्त्री डाक्टर रामकुमार अधिकारीलाई नै टिकट दिईएको छ भने २ ख मा संविधान सभा सदस्य धनवहादुर घलेले टिकट पाएका छन् ।