धादिङ १ (क) मा प्रदेश सभा सदस्यमा नेत्रराज पौडेलको स्वतन्त्र उम्मेदवारी

362 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका जिल्ला नेता नेत्रराज पौडेलले स्वतन्त्रउम्मेदवारी  दर्ता गराउनु भएको छ ।

नेकपा एमालेले रमेश आचार्यलाई टिकट दिएपछि पौडेलले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको हो । अघिल्लो निर्वाचनमा पनि पौडेलले पाएको टिकट अन्तिम समयमा आएर राजेन्द्र पाण्डेले खोसेका थिए । पाण्डे पछि एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरी वागमती प्रदेशको मुख्य मन्त्री बनेका थिए ।

पौडेलको उम्मेदवारीलाई एमालेका जिल्ला तहका नेता कार्यकर्ताले अन्याय बिरुद्धको लडाई भनेका छन् । पौडेल नेकपा एमाले वामती प्रदेश कमिटी सदस्य एवम नेकपा धादिङका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

पौडेलले उम्मेदवारी दिएको प्रदेश सभा निर्वाचन क्षेत्र भित्र धुनिबेसी नगरपालिका, थांक्रे र गल्छी गाउँपालिका पर्दछ । स्थानीय निर्वाचनमा गल्छी र थांक्रेमा अध्यक्ष एमालेबाट विजयी भएका छन् ।